२०८१ माघ २०, आईतबार | Sun, 02, Feb, 2025

घटनास्थलमा भेटिएन कलौनीको एउटा मोबाइल र पैसा




  • त्रिनेत्र पोष्ट
  • २०८१ माघ १९, शनिबार मा प्रकाशित १ दिन अघि
  • कञ्चनपुर:

    कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ स्थित सडकपेटीमा मृत फेला परेका नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको मृत्यु प्रकरणमा केही शंकास्पद प्रश्न उठ्न थालेको छ ।

    शनिबार बिहान मृत्य फेला परेका कलौनीको शरीरमा चोटपटक नदेखिए पनि उनको  मोबाइल र पर्समा भएको पैसा नभेटिएपछि उक्त प्रकरणमा थप शंका गर्न थालिएको हो।

    धनगढी बाट फर्केपछि राती घर  जान्छु भनी महाकाली अस्पताल बाट घर  निस्केका कलौनी घटनास्थल नजिकै सीसीटीभीमा देखा परेका छन्। उनी एक्लै हिँडिरहेको अवस्थामा क्यामेरामा कैद छन्।

    घटनालाई गम्भीर रुपमा लिदै प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर  परिचालन गरे पनि घटनाबारे केही  थप तथ्य भने पत्ता लागेको छैन।

    प्रहरीले कलौनीको शव अहिले पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखेको छ। पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जबाट डाक्टरको विज्ञ टोली मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

    घटना बारे बुझ्न गृहमन्त्री रमेश लेखक पनि कञ्चनपुर आउँदैछन्।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट