२०८१ माघ २०, आईतबार | Sun, 02, Feb, 2025

कञ्चनपुरमा फेरी प्रहरीले आफैमाथि हाने गाेली, अवस्था गम्भीर




  • त्रिनेत्र पोष्ट
  • २०८१ माघ १०, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • महेन्द्रनगर:

    कञ्चनपुरमा फेरी एक प्रहरीले आफैमाथि गाेली चलाएका छन । बुधबार राति विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी जवान अन्दाजि २८ बर्षिया वकिल विष्टले आफैमाथि गाेली हानेका हुन ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी जवान विष्टले बुधबार राती सवा ८ बजेतिर डिउटीमा रहेका बेला आफैमाथि गोली प्रहार गरेको बताए ।

    उनले भने “प्रहरी जवान विष्टकाे दाहिने कानकाे माथिल्लो भागमा एक राउणड गाेली हानेकाे बताए ।”

    घटना लगतै घाईते विष्टको महाकाली अस्पतालमा उपचार सम्भव नभएपश्चात धनगढीकाे निशर्ग अस्पताल रेफर गरिएकाे डिएिपि जाेशीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

    यस्तै घटना षरगत महिनामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पनि घटेकाे थियाे । कञ्चनपुर जिप्रकामा कार्यरत एक प्रहरी जवानले आफैमाथि गोली चलाएर घाईते भएका थिए । कञ्चनपुरमा प्रहरीले धमाधम आफैमाथि गोली बर्षाउन थालेपछि प्रहरीको आन्तरिक सुरक्षामै चुनौती थपिएकोछ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट