कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्रकास बहादुर चन्द निर्वाचित भएका छन । काँग्रेसका उम्मेदवार प्रकास बहादुर चन्दले एमाले उम्मेदरबार बहादुर चन्दलाई ६२०मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन । काँग्रेसका उम्मेदवार चन्दले १हजार १०७ र एमाले उम्मेदवार बहादुर चन्दले ४सय ८७ मत ल्याएका थिए ।
तेस्रो पटक चुनाव लडेका राप्रपा उम्मेदवार शुशिल कुमार भट्टले ३सय ६९, पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार रामदत्त भट्टले २सय १८, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २सय २५, नेकपा माअोवादी उम्मेदवार नानाराम ओलीले १सय २२, राप्रपा नेपालका उम्मेदार दिल बहादुर धामीले २४, नागरिक उन्मुक्ति पाटीका उम्मेदवार हरिष डगौराले १२६, नेमकीपा उम्मेदवार दल बहादुर बोहराले १२, जनमत पाटीका उम्मेदवार यादव चन्दले ५, स्वतन्त्र उम्मेदवार थानेश्वर प्रशाद लेकखकले १४२ र अर्का स्वतन्त्र उम्मेदबार युवराज चन्दले ९९मत ल्याएका थिए । कुल ५ हजार ४२३ मतदाता रहेको उक्त वडामा २हजार ९९१मत खसेको र ५४ मत बदर २ हजार ९३७मत सदर भएका थिए ।
अहिले नेपाली काँग्रेस भीमदत्त नगर ५कै वडा सभापति समेत रहेका प्रकास बहादुर चन्दले पनि यस अघि ०७९मा काँग्र्रेसकै उम्मेदवार स्व. महेन्द्र खडका भन्दा ४मत बढि ल्याएका छन । उतिबेला काँग्रेसले १हजार १०३मत ल्याएको थियो । भीनपा ६को उप निर्वाचनमा एमालेबाट काका बहादुरलाई हराउँदै भतिज प्रकास बहादुर चन्द भारी मतले निर्वाचित भएका छन । भीनपा ६को वडा पुन काँग्रेसले नै कब्जा गर्न सफल भएको छ । निर्वाचित भएपछि काँग्रेस उम्मेदबार प्रकास बहादुर चन्दले चुनावमा जनतासंग गरेका बाचा पुरा गर्ने प्रण गरेका छन । उनले चुनावका बेला जनतासंग गरेका बाचादेखि स्व. महेन्द्र खडकाले अघि सारेका योजना कार्यान्वयन गर्ने बताए । यस पटक उप निर्वाचनमा एमाले, समाजवादी र राप्रपाको जनमत घटेको छ ।
मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले आइतबारै मध्यरातमा मत गणना सम्पन्न भएको बताए । कञ्चनपुरमा सम्पन्न भएको उप निर्वाच नभयरहित वातावरणमा सम्पन्न भएको छ ।
फोटो क्याप्सन ः कञ्चनपुर भीनपा ६ वडाध्यक्षको निर्वाचित काँग्रेसका प्रकास बहादुर चन्द
प्रतिक्रिया दिनुहोस