२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

खेलाडीहरुले गरे विपन्न तथा अनाथ वालवालिकाहरुलाई सहयोग




  • त्रिनेत्र पोष्ट
  • २०८१ कार्तिक २२, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • दोधारा:

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भलिवल खेलाडीहरुले गरिव, विपन्न तथा अनाथ बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा आयोजित नगर स्तरिय अन्तर वडा पुरुष भलिवल रनिङ कप प्रतियोगितामा उपबिजयता बनेका दोधारा चाँदनी नगरपालिका– २ वडाका भलिवल खेलाडीहरुले आफुहरुले प्रतियोगितामा प्राप्त गरेको नगद धनरासी पुरुस्कार रकमबाट गरिव, विपन्न, अपांग तथा अनाथ वालवालिकाहरुलाई न्यानो कपडा, झोला, कापी, कलम लगाएत शैक्षिक सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण कार्यक्रममा नगर स्तरिय अन्तर वडा पुरुष भलिवल रनिङ कप प्रतियोगितामा उपबिजयता बनेका दोधारा चाँदनी नगरपालिका– २ वडाका खेलाडीहरुलाई सम्मान समेत गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । वडा कार्यालयले वडा क्षेत्रमा रहेका अनाथ, अपांग, गरिव वालवालिकाहरुलाई उनिहरुको पठन पाठनमा सहयोग गर्दै आएको बताउदै खेलाडीहरुले पनि उनिहरुको अवस्थालाई मध्यनजर राख्दै थोरै भएपनि सहयोग गर्ने प्रयास गरेकोमा वडाध्यक्ष पदम रावलले खेलाडीहरुलाई बिशेष धन्यबाद दिनुभएको छ् । अनाथ, अपांग, गरिव वालवालिकाहरुको भविष्यको ख्याल राखेर वडा कार्यालयले आगामी दिनहरुमा समेत उनिहरुका लागी बिभिन्न प्रकारका कार्यक्रम र सहयोग गर्दै जाने वडाध्यक्ष रावलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ् । खेलाडी र वडा कार्यालयको सहयोगबाट वडामा रहेको ५ जना अनाथ, अपांग, गरिव वालवालिकाहरुलाई न्यानो कपडा, झोला, कापी, कलम लगाएत शैक्षिक सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयले जनाएको छ् ।

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट