२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

संस्कृती तथा कलाको जग्रेना गर्न दोधारा चाँदनीमा ‘घोडे जात्रा महोत्वस’




  • त्रिनेत्र पोष्ट
  • २०८१ कार्तिक २०, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • दोधारा:

    कला, संस्कृतीको संरक्षण गर्न कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा घोडे जात्रा महोत्सव सम्पन्न गरिएको छ् । भाई टिकाको भोली पल्ट एक दिनको लागी दोधारा चाँदनी नगरपालिकामा मनाईने घोडे जात्रा महोत्सवमा स्थानियबासीहरुको उल्लेखनिय सहभागिता रहदै आएको छ् । बिशेष गरि दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङ लगाएतका जिल्लामा मनाईने घोडे जात्रा मनाउदै आएका र दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा दैलेखी र सुर्खेतीहरुको बसोबास रहेको हुदा घोडे जात्रालाई बिभिन्न सांस्कृती झाँकी सहित रमाईलो गरि यो जात्रा मनाईदै आएको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले जानकारी दिनुभएको छ् ।

    दैलेख र सुर्खेतबाट परम्परागतरुपमा मनाउदै आएको जात्रालाई निरन्तरता दिदै आएको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभयो । पृथ्वीमा अधर्म बढ्दै गएको कारण पुर्वकाल देखिनै धर्मको रक्षा र पापीहरुको बिनासको लागी यो जात्राको थालनी भएको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभएको छ् । मानिसलाई घोडाकोरुपमा श्रंगार गरि नाँच गर्ने पारम्परिक रिती रहेको छ् । लोक नृत्यको एक लोकप्रिय संस्कृति परम्परा भोसो भए मात्र घोडे जात्रा हुने परम्परा रहेको छ् । भोसो कर्णालीमा विशेष गरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङ लगाएतका जिल्लामा खेलिने लोक नृत्यको एक लोकप्रिय संस्कृति परम्परा रहेको उहाँले बताउनुभएको छ् ।दैलेखको जाजरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लु लगाएतका क्षेत्रमा भोसो संस्कृति कायमै रहेको वडाध्यक्ष रोकायाले बताउनुभएको छ् । पुर्खा देखि सुरु भएको यो संस्कृति जस्ताको तस्तै संरक्षण गरेर अगाडी लैजान त्यति सहज नभएको उहाँको भनाई छ् । यस वर्ष मनाईएको घोडे जात्रा महोत्सव निकै हर्षउल्लास तथा उत्साहजनक रहेको आयोजक संस्था देउराली लोक, कला तथा संस्कृती संरक्षण समिति दोधारा चाँदनीका सचिव सर्वजित बुढाले बताउनुभएको छ् । परम्परागतरुपमा मनाउदै आएको घोडे जात्रा महोत्सवमा गर्रा नाँच, पैचरी नाँच, किरकिटी नाँच लगाएत साँस्कृती कार्यक्रम संचालन गरिएको देउराली लोक, कला तथा संस्कृती संरक्षण समिति दोधारा चाँदनीका सचिव सर्वजित बुढाले बताउनुभयो । युद्ध कलाकौशललाई समेत जोडेर गरिने साँस्कृती कार्यक्रमलाई वर्ष दिनको एकपटक मनाएर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई सजिलो नभएको देउराली लोक, कला तथा संस्कृती संरक्षण समिति दोधारा चाँदनीका सचिव सर्वजित बुढाले बताउनुभयो । पुर्खा देखि हुदै आएको संस्कृतिलाई जगेर्ना गर्दै पुस्तान्तरणमा पनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाई रहेको छ् । घोडे जात्रा महोत्सव–२०८१ को समउद्धघाटन शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले गर्नुभएको आयोजक संस्थाले जनाएको छ् ।

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट