दोधारा:
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित भएका परिवारलाई शौचालय निमार्णमा सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका २२ घरपरिवारलाई शौचालय निमार्णमा सहयोग गरिएको निड्स नेपालको विपद् प्रतिकार्य तथा पुनरलाभ परियोजनाका कार्यक्रम संयोजक भवानी प्रसाद जोशीले जानकारी दिनुभएको छ् । निड्स नेपाल र अक्सफामको सहयोग र दोधारा चाँदनी नगरपालिकाको समन्वय तथा सहकार्यमा पटरा खल्लाका २२ घरपरिवारलाई पक्की शौचालय निमार्णमा सहयोग गरिएको निड्स नेपालको विपद् प्रतिकार्य तथा पुनरलाभ परियोजनाका कार्यक्रम संयोजक भवानी प्रसाद जोशीले बताउनुभएको छ् । पटरा खल्लामा २२ घरपरिवारलाई शौचालय निमार्ण र अन्य वडामा रहेका बाढीपिडितहरुलाई ३३ घरपरिवारलाई एक–एक वटा पक्की शौचालय निमार्णमा सहयोग गरिएको निड्स नेपालको विपद् प्रतिकार्य तथा पुनर लाभ परियोजनाका कार्यक्रम संयोजक भवानी प्रसाद जोशीले बताउनुभयो । जसमध्ये ४१ वटा नयाँ शौचालय निमार्ण र १४ वटा शौचालय मर्मत गरिएको उहाँले बताउनुभएको छ् । नयाँ निमार्ण गरिएको एक शौचालयको लागत झण्डै रु. ५० हजार लागत बताईएको छ् । निड्स नेपालको विपद् प्रतिकार्य तथा पुनरलाभ परियोजनाले गरेको कार्यको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु लगाएत जनप्रतिनिधीको टोलीले अनुगमन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बाढीको बेला निड्स नेपालले गरेको कार्यको उच्च प्रशंसा गर्नुभएको छ् । निड्स नेपाल कञ्चनपुरले बाढीपडितहरुको आश्रय स्थलमा बस्न तथा खानाको ब्यवस्था, हाईजिनिक किट, खाद्यान्न लगाएत नगद रकम सहयोग गरेको नगर प्रमुख लिम्बुले बताउनुभयो । बाढी आएको बेला आश्रय स्थलकोरुपमा प्रयोग हुदै आएको दोधारा चाँदनी नगरपालिका– ३ को जमुना आधारभुत बिद्यालयमा शौचालय निमार्ण तथा मर्मतमा निड्स नेपालले सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीको पुर्व प्रतिकार्यको लागी बिभिन्न प्रकारको सहयोग गर्दै आएको निड्सस नेपालको विपद् प्रतिकार्य तथा पुनरलाभ परियोजनाले तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुको जिविकोपार्जनमा समेत ठुला सहयोग पुर्याउदै आएको उहाँले बताउनुभयो । नगर क्षेत्रमा बाढीपिडितहरुको पिडाको बेला सारथी बन्दै आएको भन्दै स्थानियबासीले निड्स नेपाल, अक्सफाम नेपाल र दोधारा चाँदनी नगरपालिकालाई बिशेष धन्यबाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस