२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

दशैमा घर फर्किनेलाई सीमामा सास्ती




  • त्रिनेत्र पोष्ट
  • २०८१ आश्विन २३, बुधबार मा प्रकाशित १ महिना अघि
  • महेन्द्रनगर:

    चाडवाड नजिकिएसंगै भारतमा रोजगारी गर्न गएका नेपालीहरु अहिले विभिन्न नाका भएर घर फर्किरहेका छन् । यसरी विभिन्न समयमा भारत गएका हजारौे नेपालीहरु घर फर्कने क्रममा सीमा क्षेत्रमा भिडनै लागेको छ तर वर्षभरी भारतमा काम गरी फर्कदा सीमा क्षेत्रवाट हुने लुटपाट र सास्ति भने रोकिएको छैन ।

    हिन्दु नेपालीहरुको महान चाड दशै–तिहार नजिकीए संगै विभिन्न समयमा भरतीय शहरमा रोजगारी गर्न गएका नेपालीहरु अहिले कैलालीको गौरीफन्टानाका र कञ्चनपुरको गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् ।

    गौरीफन्टा र कञ्चनपुर भएर भारत रोजगारी गर्न जानेहरुमा मध्यपश्चिम र सुदर पश्चिमका दाङ, दैलेख, रोल्पा,सुर्खैत जाजरकोट, दार्चुला, बैतडि, बझाङ, अछाम लगायतका बढि छन ।

    उनीहरु मजदुरीका लागि भारतको राजधानी दिल्ली, गढ्वाल,सिमला, चण्डिगढ, जम्मु–कश्मिर लगायतका स्थानमा जाने गरेका छन । त्यसरी जाने मध्ये दैनीक हजारौको संख्यामा नेपालीहरु अहिले पश्चिम नेपालका प्रमुख नाकाका रुपमा रहेका रुपेडिया, गौरीफन्टा, कञ्चनपुर लगायतका नाका बाट दैनीक ३ हजार देखि ३५ सयको संख्यामा घर फर्कि रहेका छन् ।

    र्कीरहेका छन । बर्षभरी कमाएको रकम लिएर आफ्ना परिवार,बालबबालिका एबम् आफन्तसंग रमाएर चाडपर्वका लागि घर फर्कदा अत्यन्तै उत्साहित भए पनि भारतीय बजारबाट नेपाली सिमामा आई पुग्दा सम्म लुटिने र यातायात व्यवसायीहरुले मनपरि भाडा अशुल गर्दा सास्ती व्यहोर्न परेको चाडवाडमा घर फर्कनेहरु बताउँछन् ।

    नेपालीहरुलाई वाटोमा तथा सिमाक्षेत्रमा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाचको नाममा भारतिय कस्टममा सुरक्षाकर्मिले पैसा असुल्न विनाहक दःख दिने गरेको गुनासो उनीहरुको छ ।

    हुन त भारतीय सिमामा वर्षैनी नेपालीहरु लुटिने विषयमा उच्व सुरक्षा अधिकारी र दुवै देशका प्रशासन विच पटक पटक छलफल हुने गरे पनि लुटपाट तथा ज्यदतीका घटनामा कुनै कमि आएको छैन ।

    चाडवाडका बेला भारतबाट आउने यात्रुलाई सुरक्षित तवरले सीमा क्षेत्रमा आवागमनको सुविधा दिने दुवै देशका प्रशासन विच सहमति भए पनि कुनै पक्षबाट पनि अनुगमन तथा कार्यान्वयन भने नहुने अखिल नेपाल ट्रेड युनियन महासंघ का कञ्चनपुर ईन्चार्ज पदमराज जोशी बताउँछन् ।

    यता जिल्ला प्रहरी कार्यालयले भने चाडवाडलाई लक्षित गरी विशेष सुरक्षा योजना वनाई रहेको र सवै सुरक्षा निकायलाई सुरक्षा अधिकारीको कमाण्डमा यात्रुहरुलाई सहज रुपले नेपाल आउन दुवै देश विच समन्वय गरीरहेको जनाएको छ ।

    भारतीय जिप, अटो रिक्साहरुले समेत मनपरी भाडा अशुल गर्ने र यात्रुहरुलाई दुख दिएको गुनासो बारम्वार आएपछि सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र यातायात व्यवसायीबाट तोकेको भाडा भन्दा बढी लिएको पाईएमा जुनसुकै अवस्थामा पनी कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख ,प्रहरी उपरिक्षक चक्रराज जोशी बताउँछन् ।

    हरेक वर्ष हजारौंको संख्यामा भारतमा पटके रोजगारी गर्न लाला वाला सहित जाने गरेका छन । नेपालमा रोजगारीका अवसर नभएकै कारण दुर्गम गाउ वस्ती वाट अर्कौ देशमा श्रम बेचेर घर गृहस्ती चलाउनकै लागी विदेशिने गरेका छन् ।

    चाडपर्वका बेला भारत बाट रोजगारी गरी घर फर्कने नेपालीहरुलाई पर्ने समस्याको पहिचान र त्यसको समाधानगरी सिमा क्षेत्रमा आवतजावत सहज बनाउनतर्फ नेपाल तर्फको प्रशासनको अविलम्व ध्यानजानु जरुरी देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट