२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

दोधारा चाँदनीमा बाढीको कृत्रिम नमुना घटना अभ्यास, अभ्यासमा ५० जना बिद्यार्थी सहभागी




  • त्रिनेत्र पोष्ट
  • २०८१ आश्विन १६, बुधबार मा प्रकाशित १ महिना अघि
  • दोधारा:

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको छ् । सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरको आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई महाकाली नदीमा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन अमृत बिकले जानकारी दिनुभएको छ् । समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिम संचालनको आज अन्तिम दिनमा सशस्त्र प्रहरीको खोज उद्धार टोलीले दोधारा चाँदनी नगरपालिका बिभिन्न बिद्यालयका बिद्यार्थीहरु तथा युवा सञ्जालका युवाहरुलाई महाकाली नदीमा बाढी कृत्रिम नमुना घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन अमृत बिकले बताउनुभएको छ् । सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरले आयोजना गरेको समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिमको अन्तिम दिनमा बाढी आएको बेला गोताखोर, ढुङ्गा लगाएत स्थानिय श्रोत साधनको सहायताबाट धनजन तथा मानविय क्षतीलाई कसरी रोक्न सकिन्छ भन्ने बिषयमा कृत्रिम नमुना घटना अभ्यास गरिएको उहाँले बताउनुभएको छ् । बाढी र डुबान जस्तो विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना अभ्यास निकै फलदाय हुने दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका फोकल पर्सन बिकको भनाई रहेको छ् । सशस्त्र प्रहरीले विपद् व्यवस्थापन सम्बन्धी तालिम निकै समय सान्द्रभिक रहेको तलिममा एक सहभागी आकृती चन्दले बताउनुयो । विपद् आएको बेला आफ्नो, घरपरिवार, छर छिमेकको ज्यान जोगाउने तथा धनजनको क्षती कसरी रोक्ने बिषयमा तालिममा सिक्न पाएको तालिमका सहभागी आकृती चन्दले बताउनुभयो । तलिममा सिकेका कुरालाई आफुहरुले व्यवहारमा उतार्ने आकृती चन्दले प्रतिबद्धता जाहेर गर्नुभएको छ् । बाढी र डुबान जस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि हरेक वर्ष पूर्व तयारी स्वरुप दोधारा चाँदनीको महाकाली नदी र जगबुडा नदीमा बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिदै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरुको क्षमता वृद्धि हुने र भएका कमी कमजोरीलाई सुधार गर्न मिलने हुदा यो अति नै राम्रो कार्य भएको तालिमका सहभागीहरुले बताएका छन् । तटीय क्षेत्रमा बसोबास गर्दै आएका बस्तीहरु बाढीको उच्च जोखिममा रहेको हुदा बाढी विपद्को बेलामा बाढी कृत्रिम अभ्यासले पूर्व तयारीमा र जनचेतना जगाउन ठुलो सहयोग गर्दै आएको उनिहरुको भनाई रहेको छ् ।

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट