महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकाले निशुल्क हेल्थ डेक्स(यात्रु स्वास्थ्य सहायता कक्ष) संञ्चालन गरेको छ । वडादशैँ, दिपावली र छठ पर्वको अवसरमा भीमदत्त नगरपालिका–०४ महेन्द्रनगरस्थित स्थानिय बस पार्कमा यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले निशुल्क हेल्थ डेक्स संञ्चालन गरेको हो ।
मंगलवार एक कार्यक्रमका विच नगरप्रमुख पदम बोगटीले स्वास्थ्य सामाग्री हस्तान्त्ररण गर्दै हेल्थ डेक्स बाट सेवा शुरु गरिएको थियो । नगरप्रमुख बोगटीले यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निशुल्क हेल्थ डेक्स संञ्चालन गरिएको बताए ।
‘यात्रा गर्दा बाटोमा थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ ।’ नगरप्रमुख बोगटीले भने ‘यात्रुहरुको स्वास्थ्य सुरक्षाका लागि यो हेल्थ डेक्स संञ्चालन गरिएको हो । यहाँ प्राथमिक उपचार, ब्लड प्रेसर चेकजाँच, ज्वरो चेकजाँच र आवश्यक औषधी निशुल्क उपलब्ध गराइनेछ ।’
यस्तै उनले बस पार्कको विकास तथा संरक्षणका लागि समेत आफु प्रतिवद्ध रहेको बताए । नगर उपप्रमुख नीलम लेखक जोशीले बस पार्कलाई व्यवस्थित बनाउन नगरपालिकाले बजेट कार्यक्रमको व्यवस्था गरेको बताइन् ।
कार्यक्रममा महाकाली यातायात प्रा.ली.का अध्यक्ष डम्मर पन्तले यात्रुहरुको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थ डेक्स स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे ।
भीमदत्त नगरपालिका–०४ का अध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षता मा आयोजित कार्यक्रममा नगर प्रवक्ता पदम राज अवस्थी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक, जिल्ला ट्राफिक कार्यालयका प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुख, विभिन्न बस व्यवसायी/यातायात प्रालीका अध्यक्ष, सवारी चालक लगाएतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस