२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

दाउरा खोज्न महाकाली पसेका दुई युवा वेपत्ता, झोलुङ्गे नजिक एउटाको शव भेटियो, अर्काको खोजी जारी




  • त्रिनेत्र पोष्ट
  • २०८१ भाद्र २९, शनिबार मा प्रकाशित २ महिना अघि
  • महेन्द्रनगर:

    महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई युवा वेपत्ता भएका छन । शनिबार दाउरा महाकाली नदीमा दाउरा निकाल्ने क्रममा वेपत्ता भएका दुई मध्ये एक किशोरको फेला परेका छन् अर्का अझै वेपत्ता भएका छन् ।

    भीमदत्त नगरपालिका १२ ऐरीका १८ बर्षिया सौरभ नेपालीको शव केही पर दक्षिण झोलुङ्गेपुल क्षेत्रमा फेला परेको छ । भने अर्का किशोर १७ बर्षिया अभि नेपालीको शव अझै फेला परेको छैन ।

    स्थानीय अगुवा अमिर तिरुवाले महाकाली नदीमा स्थानीयहरुले दाउरा निकाल्ने गरेको र शनिबार पनि दाउरा निकाल्न जाने क्रममा बाबु दाजुभाईका छोराहरु अभि र सौरब पनि महाकाली नदीमा दाउरा निकाल्ने क्रममा डुवेर वेपत्ता भएको बताए ।

    महाकाली नदीमा वाढी आएसंगै पहाडबाट बगेर आउने दाउरा निकाल्न तटिय क्षेत्रका स्थानीयले जोखिम मोल्दै आएका छन ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वेपत्ता अर्का किशोरको खोजी कार्य भईरहेको जनाएको छ । महाकाली नदी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी अहिले खटिएका छन।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट