कृष्णपुर नगरपालिकामा एक जना बालिका बलात्कृत भएकी छन् । वडा नं। २ की स्थानिय बालिकालाई सोही ठाउँका दुई युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडितकी आमाले बताएकी छन् ।
पिडित १७ बर्षिया बालिकाकी आमाले कृष्णपुरका २३ बर्षिया रमेश चौधरी र २७ बर्षिया सुरेश चौधरीका नाममा ईलाका प्रहरी कार्यालय झलारीमा छोरीलाई जबरजस्ती बलात्कार गरेको भन्दै उजुरी दिईएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बताउनुभयो । २१ गते साँझ बालिका बसिरहेको घरमै युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडित पक्षको आरोप छ ।
‘फोन गरेर काम छ भनि आगनमा बोलायो, मोबाइल नियन्त्रणमा लियो, जंगलमा लगेर जबरजस्ती ग¥यो,’ पीडितकी आमाले भनिन्। उनीहरुलाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ। बालिका अष्टमी मनाउन माइजु घर आएकी थिइन्। घटनामा संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय झलारीले पक्रउगरी छानविनका जिल्ला अदालतबाट ५ दिने म्याद थप गरेको छ । आरोपी युवाहरुलाई पिडितको उजुरीका आधारमा पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस