२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

दोधाराचाँदनीलाई देशकै ठुलो नाका बनाउँछौँ : गृहमन्त्री लेखक




  • त्रिनेत्र पोष्ट
  • २०८१ भाद्र १९, बुधबार मा प्रकाशित २ महिना अघि
  • कञ्चनपुर:

    गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधाराचाँदनीलाई देशकै ठुलो नाका बनाउने बताउनुभएको छ । बुधबार ईप्रका दोधाराचाँदनीको नवनिर्मित भवनको उद्घाटन गर्दै े दोधाराचाँदनीलाई देशकै ठुलो नाका बनाउने बताउनुभएको हो । मन्त्री लेखकले दोधाराचाँदनीलाई नेपाल भारत, नेपाल चिनसंग जोड्ने देशकै ठुलो नाकाका रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘यो अनन्त ज्यादा सम्भावना भएको ठाँउ हो, मैले पटक पटक भनेको छु, दोधाराचाँदनीलाई त्यस्तो ठुलो ठाँउ बनाउन तीनवटा देशको विचको यो देशकै सबैभन्दा ठुलो नाका बनाउने हो, त्यो प्रतिबद्धता थियो, आज पनि छ, लेखकले भने, ‘सुक्खा बन्दरगाह बनाउनकै लागि भारतसंग जोड्ने महाकाली कोरिडोर बनाएर तीनवटा देश विच सबैभन्दा ठुलो व्यापारिक, औद्योगिक, पयर्टकीय नाकाका रुपमा विकास गर्ने हो । यसका लागि धेरै कुरा अघि बढीसकेको छ । पुल बनिसकेको छ, हाम्रो तर्फबाट सबै तयारी भईसकेको छ । मित्रराष्ट्र भारतबाट जानकारी अनुसार तीन महिनाभित्रै टेण्डर निकाल्ने भएको छ ।’ भारतकै सहयोगमा बन्ने हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखकले जगबुढा नदीमा बाँध निर्माणका लागि पहल भईरहेको बताए । सरकारले लगत स्टमेट गरेर उर्जा मन्त्रालयमा पठाएको छन, बस्ती जोगाउनका लागि पुरा कोसिस गरेको बताए । हामीले उहिले उहिले महाकाली नदीमा झोलुङ्गे पुल बनाउँछु भन्दा मानिसहरु हाँस्ने गरेको मैले सुनेको छु, तर बन्दो रहेछ र चार लेनको महाकाली नदीमा पक्की पुल बनाउँछु भन्दा कहाँबाट पक्कीपुल बन्छ, भन्ने, मात्रै होईन, ‘उनले भने, ‘त्यो पुलको म आफै मन्त्री हुँदा कार्यक्रम लिएर दोधाराचाँदनी कार्यक्रम बढाउँदा कतिपय साथीहरुलाई मैले सम्झे तर भुलेपनि यहाँ आउँदा कति साथिहरुलाई सम्झने, त्यो पुलको मै आफै मन्त्री भएका बेला नेपाली काँग्रेस र रमेश लेखकले झुटा बोल्दैछु भनेर घाँटीमा माला हालेर प्रचार गरेको थिए ।’ हामी ०४८ सालमा दोधाराचाँदनीमा आउँदा यहाँका जनता हामीसंग अन्यत्रै बस्न आग्रह गर्दथे, अहिले अन्यन्त्रबाट दोधाराचाँदनी विकसित भईरहेको बताए । ‘हिजो मावि चलाउन मुस्किल थियो, अहिले दोधाराचाँदनीमा सहजै क्याम्पस संचालन भएका छन, ‘उनले भने, ‘७० बर्षकै यता दोधाराचाँदनीमा बढी पानी प¥यो । पानीले डुवान, कटान गरेको छ । वाढीबाट पुर्ननिर्माण गछौँ ।’ लेखकको निर्वाचन क्षेत्र रहेको दोधाराचाँदनीको समग्र विकासका लागि लेखकले कटिबद्धता जाहेर गरेका छन । मन्त्री लेखकलाई दोधाराचाँदनी नगरपालिका सहितका विभिन्न संघ संस्था व्यक्तिहरुले वाढी प्रभावित क्षेत्रको अनुगमनदेखि तटबन्ध निर्माण नगरको विकासका लागि ध्यानाकर्षण गराएका छन ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट