काठमाण्डौं:
गृहमन्त्री रमेश लेखकसंग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेटघाट गर्नुभएको छ ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कताबिचको गहिरिदै गएको सम्वन्धका बारेमा चर्चा भएको छ ।
भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गर्नुभयो ।
त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्दारमा जोड दिदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।
सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतार बिच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले जोड दिनुभयो ।
त्यसैगरी राजदूत अलान्सारील बिपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।
कतारको विकासमा नेपालीहरुको सहयोगको प्रशंसा समेत राजदूतले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस