२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

दोधारा चाँदनीमा ज्वरो आएका ६ महिने शिशुको निधन, पीडित परिवार पुगे प्रहरी कार्यालय




  • त्रिनेत्र पोष्ट
  • २०८१ श्रावण १६, बुधबार मा प्रकाशित ३ महिना अघि
  • कञ्चनपुर:

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ का ६ महिने शिशुको मृत्यु भएको छ। ज्वरो आएपछि उपचारका लागि लगिएका शिशु रवि  चन्दको मृत्यु भएको हो।

    ज्वरो आएपछि उपचारका लागि सोही ठाउँको आरोग्य मेडिकेयर एण्ड डायग्नोस्टिक सेन्टरमा लगिएका शिशुको मृत्यु भएको भन्दै आफन्त ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी गएका छन्।

    चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ। उनीहरुले घटनाको छानबिन गरेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट