२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

दोधारा चाँदनीका मेयर लिम्बु र भारतको बिद्यान सभा सदस्य कापडी बिच भेट




  • त्रिनेत्र पोष्ट
  • २०८१ श्रावण १३, आईतबार मा प्रकाशित ४ महिना अघि
  • दोधारा:

    दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र भारत (उत्तराखण्ड) बिद्यान सभा सदस्य भुवन कपाडी बिच भेटवार्ता भएको छ् । भारत, उत्तराखण्ड, खटिमामा दोधारा चाँदनी नगरपालिकाको मेयर किशोर कुमार लिम्बु र भारत (उत्तराखण्ड) खटिमा बिद्यान सभाका सदस्य तथा भारतिय काग्रेंसका प्रदेश अध्यक्ष भुवन कपाडीको बिच भेट भएको हो । भारत (उत्तराखण्ड) खटिमा बिद्यान सभाका सदस्य भुवन कपाडीको आमन्त्रणमा भारत, उत्तराखण्ड, खटिमामा दोधारा चाँदनी मेयर किशोर कुमार लिम्बुको बिच शनिवार भेटवार्ता भएको हो । भेटमा दोधारा चाँदनी नगरपालिका खुला सिमा रहेको हुदा सिमा क्षेत्रमा बेलाबखत भारतिय पक्षले गर्दै आएको बिषयमा बिद्यान सभा सदस्य कपाडी बिच छलफल भएको थियो । बेलाबखत भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले सिमा क्षेत्रमा गर्दै आएको अनावश्यक बखेडाको बिषयमा छलफलको बिषय बनेको बताईएको छ् । सिमा क्षेत्रमा भारतिय पक्षबाट औषधी उपचार गर्न भारत जादा आवत जावतमा समय समयमा रोकटोक लगाउदै आएको लगाएत सिमा क्षेत्रको समसायिक बिषयमा समेत छलफल गरिएको थियो । दुबै पक्षबाट सिमा क्षेत्रमा कसरी शान्ती सुरक्षा कायम गर्न सकिन्छ भन्ने बिषयमा आ–आफ्नो तर्फबाट प्रयास गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् । सिमा क्षेत्रमा बेला बखत हुने असुरक्षालाई सबै पक्षले मिलेर न्युनिकरण गर्न चाडै स्थानिय स्तरमा दुबै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधी तथा स्थानियहरु सम्मलित समन्वयत्मक बैठक संचालन गर्ने भेटमा बताईएको छ् । बैठकमा दोधारा चाँदनी नगरपालिका संग जोडिएको सिमा क्षेत्रमा शान्ती सुरक्षा कसरी कायम राख्न सकिन्छ भन्ने समन्वत्मक बैठकको मुल उद्धश्य रहने बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भारत संग जोडिएको सिमा क्षेत्रलाई कसरी शान्तीमय बनाउन सकिन्छ भन्ने बिषयमा आजको भेटघाट भएको बताएका छन् । भारत (उत्तराखण्ड) बिद्यान सभा सदस्य भुवन कपाडीले समेत सिमा क्षेत्रमा शान्ती कायम राख्न चाँसो राखेको उहाँले बताउनुभएको छ् । दुबै पक्षले भेटघाट अर्थपुर्ण रहेको बताएका छन् । यस्तै भेटमा ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै आएको महाकाली नदी र जगबुडा नदीको बाढीले गरेको क्षतीमा समेत छलफलको बिषय बनेको बताईएको छ् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट