महेन्द्रनगर:
कञ्चनपुर उद्योग बाणिज्य संघले भारतको उत्तराखण्डस्थित देहरादुनमा आयोजना गरिने तेस्रो अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवको तयारी थालिएको छ।
महोत्सव आयोजनाका लागि देहरादुनका उद्योगी व्यावसायीसँग कञ्चनपुर उद्योग बाणिज्य संघको टोलीले छलफल गरेको हो। पुस–माघ महिनामा मोहत्सव आयोजना गर्ने गरि देहरादुनका उद्योगी व्यावसायीसँग छलफल गरिएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए।
कार्यक्रममा उद्योग बाणिज्य संघ बरिष्ठ उपाध्यक्ष दिनेश मल्ल नेतृत्वको टोली सहभागी थियो। ‘तेस्रो अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवको तयारी थालेका छौं,’ उनले भने, ‘कोरोनाको कारणले रोकिएको मेलालाई फेरी सञ्चालनको तयारी गरेका हौं।’
नेपाली उत्पादनलाई निकासी प्रवद्र्धनका लागि मेला आयोजना गर्दै आएको उनको भनाई छ । ‘मेलाका मुख्य आकर्षण ढाकाटोपी, हस्तकालाका सामाग्री, विजयसालका गिलास, खुकुरी रहनेछन्,’ उनले भने, ‘मेलाको सुरुवात गरेपछि यो सामाग्रीको निकासी बढेको छ।’
प्रतिक्रिया दिनुहोस