दोधारा:
नेकपा एमाले दोधारा चाँदनी नगर कमिटिले दोधारा चाँदनी नगर क्षेत्रमा विपद्बाट क्षति पुगेकाहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकार संग माँग गरेको छ । नेकपा एमाले दोधारा चाँदनी नगर अध्यक्ष गणेश सिंह भाटद्धारा हस्ताक्षरित जारी बिज्ञप्तीमा दोधारा चाँदनी नगरपालिका क्षेत्रका बाढीपिडितलाई तत्काल राहतको व्यवस्था गर्न माँग गरेका हुन् । बिज्ञप्तीमा क्षतीको विवरण संकलन तथा राहत वितरण कार्यका परिचालन हुन समपूर्ण पार्टी पङ्क्तिलाई समेत अनुरोध गरेको छ् । ‘कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा २०८१ असार २२ गते देखि परेको अविरल वर्षाका कारण प्राय : सबै वडामा आएको बाढी र डुबानले भएको क्षती प्रति नेकपा (एमाले) दोधारा चाँदनी दु:ख व्यक्त गर्दछ् । खासगरी दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० का विभिन्न वस्तीहरुमा जोगबुडा नदिको पानी बस्तीमा पसेर डुवान भई किसानको अन्नबाली, वस्तुभाउ, खाद्य सामाग्री वाखा, कुखुरा, वस्ने घर तथा विकासका पुर्वाधार सडक, कल्भर्टहरुमा क्षती पुगेको छ् । क्षतिको यथार्थ विवरण संकलन गरी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनका लागि र विकासका पुर्वाधार सडक, कल्भर्टहरुका पुर्ननिर्माणका लागि साथै वर्षेनी आउने बाढी र डुवानको समस्याको स्थायी समाधानका लागि सरकार संग जोडदार माँग गर्दछौ । प्राकृतिक विपदबाट प्रभावित क्षेत्र, वस्ती, टोलमा सुरक्षित बसोबास र उद्धार कार्यमा सहयोगी संस्था, नागरिक संगठन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, पार्टी पति सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । क्षतीको विवरण संकलन तथा राहत वितरण कार्यका परिचालन हुन समपूर्ण पार्टी पङ्क्तिलाई हार्दिक अनुरोध गर्दछु’ नेकपा एमाले दोधारा चाँदनी नगर कमिटि अध्यक्ष गणेश सिंह भाट हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ् ।
प्रतिक्रिया दिनुहोस