मौसममा क्रमिक सुधार भए संग कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी पीडित घर फर्कन थालेका छन् । सोमबार अपराह्न सम्म वर्षाका संगै महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर बितण्डा मच्चाएपछि दोधारा चाँदनी नगरपालिकाका २ सय २१ घरपरिवार सुरक्षित स्थानमा सरेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाका अनुसार ३ सय ५० बढी बाढी पिडित अझै बिद्यालयको आश्रय लिएर बस्दै आएका छन् ।महाकाली नदी र जगबुडा नदीको पानीको सतह घटे संगै बस्तीको अवस्था केही सामान्य भएको हुदा दोधारा चाँदनी नगरपालिका– ६, ७, ८, ९ र १० मा बसोबास गर्ने बिभिन्न बस्तीबाट बिस्तापित भएका आज बिहानबाट घर फर्किन थालेका छन् । दोधारा चाँदनीको शान्ती टोल, जर्का टोल र पटरा खल्लामा बसोबास गर्ने स्थानियहरुको घर अझै सम्म डुवानमा परेको हुदा घर फर्किने अवस्था नभएको नेकपा एमाले कञ्चनपुरका जिल्ला उप–सचिव राजिव खड्कोले बताउनुभएको छ् । उप–सचिव राजिव खड्काले बाढीको कारण सडक सञ्जाल अबरुद्ध बनाएको हुदा तिनै तहका सरकारले सडक सञ्जाल सुचारु गर्न पहल थाल्नु पर्ने बताउनुभएको छ् । उहाँ अनुसार बाढीले नगर क्षेत्रमा लाखौं रकम बराबरको भौतिक संरचना ध्वस्त बनाएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएको दोधारा चाँदनी नगरपालिकाका कार्यालयको प्रारम्भिक बिबरणमा उल्लेख छ् । बाढीले नगर क्षेत्रको घरहरु साथै बाटाघाटा, झोलुङ्गे पुलमा समेत ठुलो क्षती बनाएको छ् । बाढीले घर भत्काईदिएपछि स्थानियबासीहरुलाई घर फर्किन ठुलो समस्या परेको छ् । आर्थिक अवस्था निकै दैनिय रहेका गिता गन्दर्भको बाढीले क्षती बनाएपछि आफन्तको शरणमा बस्दै आएको उहाँले बताउनुभएको छ् । अबिरल वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले घर डुबानमा परेका पीडितहरु विद्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए । नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले संकलन गरेको एक तथ्यांकमा बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएका हुन् । घर आंगनमा नदीको भंगालो आएपछि दोधारा चाँदनीको जमुना आधारभुत बिद्यालयमा ३४ घरधुरी, जनज्योती माध्यमिक बिद्यालयमा २० घरधुरी, भानु माबिमा ३१ घरधुरी, अम्बिका माबिमा १ सय ९ घरधुरी र कुतियाकवर बस्तीमा रहेको ‘सेफ सेल्टर’ मा ४२ घरधुरी आश्रय लिएर बसेका थिए । मौसममा क्रमिक सुधार भए संग घरहरुमा पानी घटेपछि जनज्योती माध्यमिक बिद्यालयमा २० घरधुरी, जमुना आधारभुत बिद्यालयमा ३४ घरधुरी र अम्बिका माबिमा २० घरधुरी आश्रय लिएर हाल सम्म बस्दै आएका छन् । दोधारा चाँदनीको वडा नं. ३ पटरा खल्ला, वडा नं. ८ जर्का टोल र वडा नं. १० शान्ती टोलमा बाढीको पानीले हिल्याम्मे भएका हुदा घर फर्किन अवस्था नरहेको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले बाढीबाट भएको क्षतीको बिबरण संकलन कार्यलाई तदारुकताका साथ अघि बढाएको नगरपालिका कार्यालयले जनाएको छ् ।
प्रतिक्रिया दिनुहोस