२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भीमदत्त नगरपालिकाका सम्पूर्ण बालवालिकाहरुले खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ २१, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • महेन्द्रनगर:

    कञ्चनपुरको सबैभन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिकाका सम्पूर्ण बालवालिकाहरुले खोप लगाएका छन् । विहिवार एक कार्यक्रमका बिच भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ ।

    भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीका अनुसार ०–१५ महिना, १६–२३ महिना र १६–५९ महिना उमेर समुहका बालवालिकाहरुलाई लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाइएकोले भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

    नगरपालिकामा रहेका ०–१५ महिना उमेर समुहका २ हजार १५ जना र १६–५९ महिना उमेर समुहका ५ हजार ४ सय ७४ जना बालवालिकाहरुलाई लगाउनुपर्ने सम्पूर्ण खोप लगाइएको नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख राम कुमारी राना, नगर उप–प्रमुख नीलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी नारायण प्रसाद सापकोटा, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख, महाकाली प्रादेशिक अस्पतालका मेसु, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष, लगाएतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा वक्ताहरुले प्राणघातक रोगहरुबाट बालवालिकाहरुलाई जोगाउन खोप लगाउन अनिवार्य रहेको कुरालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाले नगरका सम्पूर्ण बालवालिकाहरुलाई खोप लगाएर पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएकोमा बधाई दिदैँ यसको दिगोपनामा जोड दिएका थिए । यस्तै वक्ताहरुले उक्त कार्यमा स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनिहरुको प्रशंसा समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट