२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

संसदीय समितिद्वारा सहकारी क्षेत्रका विषयमा राजनीतिक दलसँग राय सुझाव माग




  • २०८१ अषाढ २०, बुधबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौँ:

    विभिन्न सहकारी संस्थामा भएको अनियमितताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले राजनीतिक दलसँग लिखित सुझाव लिने निर्णय गरेको छ ।

    समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सहकारी क्षेत्रका समस्या समाधानका लागि लिखित सुझाव दिन भनिएको जानकारी दिए ।

    ‘प्रतिनिधिसभाले हामीलाई दिएको चारबुँदे म्यान्डेटमा केन्द्रित रहेर राजनीतिक दल, विशेषगरी राष्ट्रिय मान्यता प्राप्त दललाई आफ्नो अन्तरदृष्टि र समाधान प्रस्तुत गर्न पत्राचार गर्ने निर्णय गरेका छौं,’ थापाले भने।

    समितिले सहकारी क्षेत्रका समस्या र समाधानका लागि विभिन्न निकायसँग सहकार्य गर्दै आएको छ । राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी बचत तथा ऋण युनियन लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी तथा कर्मचारीसँग छलफल गरेको छ ।

    थापाले भने, “आठौँ बैठकले सहकारी क्षेत्रका समस्यालाई बुझ्ने र समाधान खोज्ने हाम्रो प्रयासलाई निरन्तरता दिएको छ ।

    समितिको अर्को बैठक यही असार २८ गते बस्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट