२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

आकाशबाट पानी पर्न साथ तर्सिन्छन् कुतियाकवरवासी




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ १६, शनिबार मा प्रकाशित ४ महिना अघि
  • दोधारा:

    दुई तिर जोगबुडा नदी र अर्को तर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको नेपाल–भारत सिमा बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुदै आएको छ् । जोगबुडा पारि रहेको भारत संग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ् । ‘बर्खा लाग्यो कि, हामीलाई बाढीकै चिन्ता हुने गर्छ’ दोधारा चाादनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन्, ‘सामान्य झरी पर्दा पनि घर भित्र पस्न डर लाग्छ ।’ उनले बर्खा सुरु भए संगै फेरि बाढीको चिन्ता हुन थालेको बताईन् । ‘बिगतमा बाढीले बेसार खेती र तरकारी खेती पुरियो’, उनले भनिन्, ‘बाढीकै कारण यहाँबाट धेरै बसाई सरेर अन्यत्र गईसके ।’ यहाँ ४६ परिवारको मात्र अहिले बसोबास छ् ।

    यहाँका अधिकांश युवा रोजगारीका लागि भारत पसेका छन् । बस्तीमा भएका भने तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन् । ‘हामीले यहाँ डरै डरमा बाँच्नुपरेको छ’, स्थानीय वसन्ती सुनारले भनिन्, ‘हाम्रो बस्तीनै अन्यत्र सारिदिए राम्रो हुन्थ्यो ।’ बाढीले यहाँको बिघौं जग्गा बगरमा परिणत गरेको उनको भनाई छ् । यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो हुन्छ । तर बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपरेको उनले बताइन् । स्थानीय टेकबहादुर सुनारले पनि बाढीकै कारण यहाा समस्या हुने गरेको बताए । ‘हामीले त जहिल्यै त्रासमा जीवन बिताउनुपरेको छ’, सुनारले भनिन्, ‘बर्खा लागे बाढीको त्रास हुन्छ आकाशमा बादल देखिए राति निन्द्रा लाग्दैन ।’ उनले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताईन् । यहाँ बाढीको उच्च जोखिम रहेकाले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा विभिन्न संघ संस्थाले जोगबुडा नदीमा बाढीबाट बच्ने उपाय र खोज, उद्धार लगाएतका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गर्दै आएका छन् । बाढीको उच्च जोखिम रहेको यो बस्तीमा सशस्त्र प्रहरी बल नेपाल, एनएनएस डब्लूए र निड्स नेपाल लगाएतका संस्थाले यहाँका बासिन्दालाई बाढीबाट बच्ने कृत्रिम अभ्यास प्रदर्शन गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले कृत्रिम अभ्यासले बाढी प्रभावित क्षेत्रका बासिन्दलाई सहयोग पुग्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट