२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा दोधारा चाँदनीमा रक्तदान कार्यक्रम




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ ६, बुधबार मा प्रकाशित ५ महिना अघि
  • दोधारा:

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीको आयोजना र नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी संयोजक पुरन कुमालले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका संयोजक पुरन कुमालले बताउनुभएको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को द्धितिय स्थापना दिवसको अवसरमा खुला रक्त दान कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभएको छ् । रक्तदान कार्यक्रममा रास्वपा दोधारा चाँदनीका संयोजक पुरन कुमाल, पार्टीका जिल्ला संयोजक पदम बिष्ट, केन्द्रिय सुचना तथा संचार प्रविधी बिभागका सदस्य ज्ञानेन्द्र महता, रास्वपा दोधारा चाँदनी– ९ वडा संयोजक गोकर्ण लामिछाने, लगाएत रेडक्रसकर्मी तथा स्थानियहरुको सहभागिता रहनुभएको थियो । रास्वपाले पार्टी स्थापना दिवसमा बृक्षारोपण, सरसफाई, बिकास कार्यको अनुगमन लगाएत कार्यक्रम गरि मनाईएको रास्वपाका केन्द्रिय सुचना तथा संचार प्रविधी बिभागका सदस्य ज्ञानेन्द्र महताले बताउनुभएको छ् । रक्तदान जस्तो महान कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रत्येक स्वस्थ्य ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै यसबाट कुनै बेफाईदा नहुने बताउदै समाज परिवर्तनका लागि रास्वपाले संचालन गरेको अभियानमा सबैको सहयोग पाएको रास्वपाका नेताहरुले भनाई रहेको छ् । मन्दिरमा गएर पुजा गर्दा मनलाई आनन्द तुल्याउछ त्यसरी नै रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मुत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पुण्य कर्म ठूलो धर्म हो भन्दै रगत सबै जनाले दान गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट