कञ्चनपुर:
कञ्चनपुरको महेन्द्रनगर बजारमा भुणको हत्या गरिएको छ ।
भीमदत्त नगरपालिका ४महेन्द्रनगर संविधान चोक क्षेत्रमा गयराती भुणको हत्या गरेर फ्याकिएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त पुरुष लिङ्ग भएको भुणको हत्या गरेर फेला परेको जनाएको छ ।
स्थानीयले भुणको हत्या गरेर फाल्नेमाथि कार्बाहीको माग अघि सारेका छन ।
गैर कानुनी रुपमा गर्भपतन गराउनेदेखि भुण हत्यामा संलग्नको पहिचान गरेर कार्बाहीको माग अघि सारेका छन ।
प्रहरीले उक्त भुणको विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।
उक्त भुण भएपनि ६ महिनादेखि माथिकै शिशु रहेको स्थानीयको भनाई छ ।
उच्च शिक्षित महेन्द्रंनगर बिच बजारमै भुण हत्या गरेर फेला परेको यो घटनाले समाजिक विकृती गैर कानुनी गतिबिधी मौलाएको नागरिक समाजको चिन्ता छ ।
प्रतिक्रिया दिनुहोस