२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

सास्ती खेप्दै किसान




  • त्रिनेत्र पोष्ट
  • २०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित ६ महिना अघि
  • भीमदत्त:

    भीमदत्त नगरपालिकाले नगरमा रहेको सामुदायिक चौपाया (छाडा चौपाया) र अव्यवस्थित पार्किङको समस्या समाधानका लागि सम्भावित जग्गा खोज्न २०७९ पौष महिनामा समिति गठन गरेको थियो । नगर प्रमुख पदम बोगटीेको अध्यक्षतामा बसेको बैठकले नगरको प्रमुख समस्याको रुपमा रहेको गौ तथा नंदी (छाडा चौपाया) र अव्यवस्थित पार्किङको व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न समिति गठन गरेको थियो । गौ तथा नंदी व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट,१४ का वडाध्यक्ष भोजराज जोशी,७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी र १८ का वडासदस्य सीता भण्डारी सदस्य रहने गरि समिति गठन गरिएको थिायो ।

    समितिले प्रत्यक ३÷४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्ने र छाडा चौपाया व्यवस्था पन गर्ने भनेको थियो । यो समिति वनाएको र्दु वर्ष पुग्नै लाग्दा पनि समस्या जस्ताको त्यस्तै छ । तत्काल पुरै नगरपालिका भरिका सामुदायिक चौपाया एकै ठाउंमा व्यवस्थापन गर्न जग्गा अभाव तथा अन्य कारणले सकिने भएकाले प्रत्यक ३÷४ वडाका चौपाया एक ठाउंमा व्यवस्थापन हुनेगरि जग्गा खोज्न समिति गठन गरिएको भनिएको थियो । यस्तै अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि समेत सम्भावित जग्गा खोज्न समिति गठन गरिएको थयो । वडा नं. ४ का वडाध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षतामा वडा नं. १८ का वडाध्यक्ष रविन्द्र देवकोटा र इन्जिनियर जयराज भट्ट सदस्य रहने गरि पार्किङ व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न समिति गठन गरिएको थियो ।

    वसपार्कमा सबै सार्वजनिक बस पार्किङ गर्न ठाउं नभएकाले धेरै बसहरु वसपार्क बाहिर सडकमा अव्यवस्थित रुपमा पार्किङ गर्दा सवारी दुर्घटना र बजारको सुन्दरता समेत असर गरेकाले ती सार्वजनिक बसलाई व्यवस्थित रुपमा निश्चित ठाउंमा पार्किङ गर्न बजार क्षेत्रभित्र सम्भावित जग्गा खोज्न समेत समिति गठन गरिएको थियो । तर अहिलेसम्म ती बनेका समितिहरुले के काम गरेका छन् र कति छाडा चौपाया व्यवस्था पन गरे पार्किङ कुन स्थानमा बनाएका छन् त्यसको जानकारी छैन । निर्णय मात्र गर्ने कार्यान्वयन नगर्ने हो भने निर्णय गरेको कुनै औचित्य हुदैन । गर्न सक्ने कामको लागि मात्र यसरी निर्णय गर्दा राम्रो हुन्छ । डेढ वर्ष अधि भएको निर्णय कार्यान्वयन भएको भए अहिले किसानहरु छाडा चौपायाको समस्या झेल्नु पर्ने थिएन ।

    किसानले लगाएको खेतबारीको खेती छाडा चौपायले सखाप गर्ने गरेकोले कहि किसान रातभरी चोकी दारिी गर्छन भने चोकीदारी नगर्नेले बाली काटन पाउदैन । यस अघिका नगरप्रमुखले पनि यस्ता समिति मात्र होइन गौशाला नै निर्माण गरेका थिए । तर चौपाया समस्या समाधानका लागि पालिकाले लाखौं खर्चेर निर्माण गरेका गौशाला प्रयोग विहीन भएका छन् । छाडा चौपाया राख्नका लागि निर्माण गरिएका गौशाला खाली रहेका छन् । भीमदत्त नगरपालिकाले लाखौं खर्चेर निर्माण गरेका गौशालामा एउटा पनि पशु चौपाया भेटिदैनन् । ४६ लाख खर्च गरेर भीमदत्त नगरपालिका–१९ बागफांटा तथा रु २६ लाखमा वडा नं ९ ब्रह्मदेवस्थित सामुदायिक वनमा गौशाला निर्माण गरी सञ्चालनमा ल्याए पनि व्यवस्थापन नहुदा छाडा चौपायको समस्या जस्ताको त्यस्तै छ । ४६ लाख खर्च गरेर भीमदत्त नगरपालिका–१९ बागफांटा बनाइको गौशलाको भत्काएर बागफांटास्थित सिद्धबैजनाथ त्रिबेणी धामको गौशाला बनाइएको छ । यसरी जनताको पीरमर्कालाई सतही हिसावले निर्णय मात्र गर्ने काम नगर्ने प्रवृति बन्द गर्नु उचित हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट