महेन्द्रनगर:
कञ्चनपुरको महेन्द्रनगर स्थित बैजनाथ माध्यमिक विद्यालयले विद्यालयकै प्राङ्गणमा अन्तरास्ट्रिय क्रिकेट खेल मैदान बनाउने भएको छ । विद्यालयले क्रिकेट मैदान बनाउने भएपछि बिहिवार नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले स्थलगत अनुगमन गरेका छन् । क्यानका अध्यक्ष चन्दले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित बैजनाथ मावि प्राङ्गणको स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनका लागि कञ्चनपुर आएका नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चन्दले राष्ट्रिय टोलीमा सुदुरपश्चिम प्रदेशबाट नै बढी खेलाडी सहभागी भइरहदा पनि खेलमैदान अभावका कारण राष्ट्रिय खेल सम्म पनि गर्न नसकिएको बताए । चन्दले योगदान बढी सुदुरपश्चिम बाटै भए पनि हाल सम्म स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले खेल क्षेत्रमा लगानी नगरेको कारण क्रिकेट खेलप्रति चासो र चिन्ता राख्ने खेल प्रेमिहरुप्रति अन्याय भएको बताए । भैतिक पुर्वाधारको मामलामा सुदुरपश्चिम ५ प्रतिशतमा सिमित रहेको बताए । उनले भने,’खेलमैदान प्रशिक्षण लगायतका क्षेत्रमा सरकारले सुदुरपश्चिमलाई ५ प्रतिशतमा सिमित राखेको छ । यो दु:खद पाटो हो । त्यसका बाबजुद पनि यो क्षेत्रका खेलाडिहरुले देशका लागि दिने योगदान उल्लेखनीय भएको छ ।’ पुर्वाधार अभावका कारणा हामीले सुदुरपश्चिम मा राष्ट्रिय प्रतियोगिता गर्नु पर्ने भएपनि गर्न नसकिएको बताए । उनले कम्तीमा पनि दुई वटा राष्ट्रिय खेल मैदान हुनुपर्ने बताए । सरकारले खेलमैदान बनाउन थुप्रै स्थान तय गरेपनी एक वर्ष बजेट हाले पनि दोस्रो पटक त्यो स्थानतर्फ ध्यान नदिदा आज कयौं होनहार खेलाडी हरुलाई चिन्न नसकिने अवस्था रहेको चन्दले बताए। उनले कम्तीमा पनि स्थानीय सरकारले राष्ट्रिय स्तरको खेलमैदान बनाउन वैजनाथ माविलाई सहयोग गरे त्यसमा लाग्ने सम्पुर्ण श्रोत साधन र कर्मचारी व्यवस्थापन क्रिकेट संघले गर्ने बताए । त्यसका लागि कम्तीमा खेलमैदान व्यवस्थापन गरेको र बाँकी सहयोगका लागि पहल विद्यालयले गर्नुपर्ने बताए । जुन कामको सुरुवात विद्यालयले गरेको देख्दा खुसी लागेको भन्दै उनले धन्यवाद व्यक्त गरेका थिए ।
यसै गरि भीमदत्त नगरपालिकाकि उपमेयर निलम लेखक जोशीले बैजनाथ माविको अहिले स्तरोन्नति भएको र विद्यालयको खेलमैदान निर्माणका लागि पालिकाबाट गर्न सकिने सहयोग गर्ने बताइन् । विद्यालयले गरेको काम प्रति विद्यालय व्यवस्थापक र शिक्षकहरुलाई धन्यवाद व्यक्त गर्दै नगरपालिकाबाट पुर्ण सहयोग गरिने उनले बताईन ।
यसैगरी बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत राज कलौनीले विद्यार्थीहरुलाई शैक्षिक ज्ञान र खेल क्षेत्रमा मात्रै सिमित नराखी अन्य बिधामा पनि योग्य, दक्ष र आत्मानिर्भर बनाउने उद्देश्य रहेको बताए । उनले त्यसका लागि स्थानीय सरकार, स्थानीय सरोकारवाला , आम जनसमुदाय लगायत सम्पुर्ण क्षेत्रमा आवद्ध देश प्रेमीहरु लाई सहयोग गर्न आग्रह गरेका छ्न । अध्यक्ष कलौनिले खेलमैदान निर्माण पछि एक भन्दा एक अब्बल खेलाडी उत्पादन हुने र ती खेलाडी राष्ट्रिय स्तरमा मात्रै सिमित नरही अन्तरास्ट्रिय स्तरमा छनोट हुने गरि उत्पादन गर्न सकिने बताए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्र राज जोशीले स्वागत मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा चन्द प्रमुख अतिथि थिए । कार्यक्रमको सञ्चालन विद्यालयका लेखा प्रमुख लक्ष्मण भट्टले गरेका थिए।
कार्यक्रममा भीमदत्त नगरपालिकाकि उपमेयर जोशी सहित वडा अध्यक्ष भट्ट, बिरेन्द्र बहादुर चन्द, क्रिकेट संघका सुदूरपश्चिम प्रदेश दिनेश सिंह, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्ट लगायतका सहभागी भए ।
प्रतिक्रिया दिनुहोस