कञ्चनपुर:
नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति कञ्चनपुरको एतिहासिक प्रथम अधिवेशन पुनर्वासमा सम्पन्न भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजनामा उक्त अधिवेशन सम्पन्न भएको हो ।
नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका संघिय ससाद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद साउदले जानकारी दिए ।
विभिन्न जाती, भाषा, धर्म र वर्गको मान्छे भएता पनि पूर्वको मेचीदेखि पश्चिमको महाकाली र तराई देखि हिमाल सम्मको सम्पूर्ण व्यक्तिहरुलाई नेपाली कांग्रेसको संगठनले समेटेर लैजाने जिकिर समेत गरे ।
यसैगरी नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कञ्चनपुर जिल्ला प्रथम अधिवेशनका क्रममा सम्बोधन गर्दै संविधानसभा सदस्य एवं बिधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्टले कस्तुरीको बिना आफैसँग भएको हुँदा नेपाली कांग्रेसले अरु पार्टीसँग आफ्नो झण्डा मिसाइराख्नु नपर्ने बताए !
उनले आदिवासी जनजातीको पहिचानको मुद्दाहरुलाई नेपाली कांग्रेसका पार्टीसँग समन्वय गरेर लैजाने हो भने पहिचानवादीका हरेक मुद्दाहरु सफल हुने उनको जिकिर थियो।
कार्यक्रममा बोल्दै कञ्चनपुर क्षेत्र नं. १ का सभापति गोपी प्रसाद उपाध्यायले भ्रष्टचारीलाई जेल हाल्ने, नातावाद, कृपावाद र गुटबन्दीलाई त्यागेर नेपाली कांग्रेस सच्चिनुपर्ने बताए । जिल्लामा जति सेवा सुविधा पाएका हुन्छन् त्यति नै कञ्चनपुरको दक्षिणी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले पनि पाउनुपर्ने लँडाई रहेकोमाअब सबै प्रकारको क्रान्तिको अन्त्य भएको र अब आगामी दिनहरूमा कांग्रेसले आर्थिक क्रान्ति गर्नैपर्ने उपाध्यायले जिकिर गरे ।
धेरै आदिवासी जनजातीहरुले पार्टीमा स्थान नपाउनुको कारणको बारेमा चर्चा गर्दै अबका दिनमा नेपाली कांग्रेसलाई बलियो बनाउन स्थान नपाएका तर नेपाली कांग्रेस पार्टीसँग आस्था राख्ने सम्पूर्ण व्यक्तिहरुलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ एक उत्कृष्ट स्थान भएको पुर्व जिल्ला सचिव गोपाल गुरुङले बताए ।
सभाध्यक्ष ग्रहण गररिहेका अध्यक्ष कृष्ण बहादुर तामाङ ले राज्यबाट उपेक्षित गरिएका वर्गको उत्थानका लागि आदिवासी जनजाती युवाहरु विगठित नभईकन एउटै पार्टीमा आवद्ध हुनुपर्ने बताए।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कञ्चनपुर का अध्यक्ष कृष्ण बहादुर तामाङ को सभाध्यक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पुर्व पराराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद साउद, विशिष्ट अतिथिमा गोविन्द बहादुर शाह,बहादुर सिंह थापा,दिवन सिंह बिष्ट, दाउत तामाङ, चमेली तामाङ पदम बोगटी, अतिथिमा तोय प्रसाद शर्मा , गोपी प्रसाद उपाध्याय गोपाल गुरुङ लगायतको नेतागण हरूको उपस्थिति रहेको थियो।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कञ्चनपुर जिल्लाको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि सर्वसहमतिले पुनः कृष्ण बहादुर तामाङ्को नेतृत्वमा कञ्चनपुर जिल्ला कार्यसमिति गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस