बुटवल :
अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आरोपमा प्रहरीले बुटवलबाट १३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बुटवल उपमहानगरपालिका वडा नं-११ को होराइजनचोकमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गरेको आरोपमा प्रहरीले आज (सोमबार) उनीहरूलाई नियन्त्रणमा लिएको हो।
केही समय देखि बुटवलको कालिकानगर होराइजनचोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउने गिर्होलाई ईलाका प्रहरी कार्यालय बुटवलले प्रकाउ गरेको हो ।
पक्राउ परेकाहरूले आफूहरू भारतको राजस्थानबाट आएको बताए पनि थप कुराहरू भने खुल्न बाँकी रहेको डिएसपी पण्डितले बताए।
प्रहरीका अनुसार पक्राउ परेकाहरू २५ देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरुले ‘फेयर प्ले’ लगायतका गेम खेलाएर सट्टेबाजी गर्ने गरेको प्रारम्भिक छानबिनमा खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूले केही महिना अघि होराइजन चोकमा रहेको एक घरमा दुई वटा फ्ल्याट भाडामा लिएका थिए। व्यवसाय गर्ने भनेर लिइएको त्यही फ्ल्याटमा उनीहरुले सट्टेबाजीको धन्दा चलाएको बताइएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख म्।क्।ए विजयराज पण्डितले १३ जना भारतीय प्रक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको बताए ।
pic:nagarike
प्रतिक्रिया दिनुहोस