२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मुख्यमन्त्रीलाई धाउँदा पनि अघि बढेन पिपरिया विजय टोल सडक निर्माण कार्य




  • त्रिनेत्र पोष्ट
  • २०८१ बैशाख २४, सोमबार मा प्रकाशित ६ महिना अघि
  • महेन्द्रनगर:

    भीमदत्त नगरपालिका १३ मा अलपत्र पिपरिया विजय टोल निर्माण कार्य सुरु गराउन वडा कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई गुहारेको छ ।

    सुदूरपश्चिमका तत्कालिन मुख्यमन्त्री कमल बहादुर शाहलाई गुहारेको तीन महिनासम्म सडक निर्माण कार्य अघि बढेको छैन । वडा कार्यालयले सडक निर्माणका लागि सडक डिभिजन कार्यालयलाई पटक पटक गुहार्दै आएको छ ।

    सडक डिभिजन कार्यालयले अघिल्लो आर्थिक वर्षमा संघ सरकारको वैकल्पिक सहायक राजमार्ग कार्यक्रम अन्र्तगत पिपरिया विजय टोल सडक कालोपत्रेका लागि एक करोड ४४ ठेक्का आव्हान गरेको थियो ।

    देउती कन्स्ट्र्क्सनले घटाघटमा सडक कालोपत्रेको ठेक्का ६२ लाखमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता अनुसार कन्स्ट्रक्सनले ग्राभेल (सब बेस) बनाएर ३४ लाख भुक्तानी लिएर सडक निर्माण कार्य छाडि दिएका छन् ।

    संघ सरकारले चालु आर्थिक वर्षमा सडकलाई प्रदेश सरकारमा हस्तान्तरण गरी १० लाख बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम सरकारले सडक हस्तान्तरणलाई अस्वीकार गरि दिएको छ ।

    भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकासले संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि सडक निर्माण कार्य अघि बढाउन तत्कालिन मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर आग्रह गरिएको बताए ।

    ‘यो सडक संघ सरकारले ठेक्का दिएर अघि बढाएको हो, त्यस अनुसार ठेक्का सम्झौता भएर ग्राभेल गरिएको छ, ग्राभेल गरी ठेकेदारले निर्माण कार्य अघि बढाएका छैनन, यस वर्ष संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरि दियो, तर प्रदेशले हस्तान्तरण लिन मानेको छैन’ उनले भने,‘वडा कार्यालयले प्रदेशलाई हस्तान्तरण लिएर हुन्छ वा संघ सरकारबाट जसरी भए पनि यो सडक निर्माण कार्य अघि बढाउन मुख्यमन्त्रीलाई आग्रह ग¥यौ, सडक डिभिजन कार्यालयलाई त दैनिक रुपमा आग्रह गरि रहेका छौ ।’

    वडा बोहरा सहि तगत फागुन दोस्रो साता मुख्यमन्त्री शाहलाई भेटेर सडक निर्माण कार्यलाई अघि बढाउन आग्रह गरेका हुन् । सत्ता समीकरण हेरफेरपछि शाहले मुख्यमन्त्रीबाट राजीनामा दिइ सकेका छन् । अहिले एककीकृत समाजवादीका दीर्घ बहादुर सोडारी मुख्यमन्त्री छन् ।

    एक हजार चार सय मिटर लम्बाईको यो सडक बोहरा चोकदेखि बैजनाथ मन्दिर हुँदै विजय टोल भएर महाकाली नदी किनारसम्म निर्माण गर्न लागिएको हो । २०७८ फागुनमा ठेक्का सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।

    भीनपा १३ का वडा सदस्य बालादेबी नाथले महाकाली नदी किनारसम्म पुग्ने सडकले सयौ वासिन्दालाई फाइदा पुग्ने बताइन् । ‘कच्ची बाटोमा आउजाउ गर्न समस्या छ, पक्की भएपछि यस सडकबाट सबैलाई फाइदा हुन्छ’ उनले भनिन् ।

    वडा अध्यक्ष बोहराले संघ सरकारले सडक निर्माणका लागि विनियोजन गरेको १० लाख बजेटबाट यस वर्ष निर्माण सुरु गरिनु पर्ने बताए । ‘नत्र यो बजेट काम नै नभएर फ्रिज हुन्छ’ वडा अध्यक्ष बोहराले भने ।

    सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारा प्रसाद सिग्देलले सडक निर्माणका लागि बजेट नआएपछि निर्माण कार्य अघि बढ्न नसकेको बताए ।

    ‘सडक डिभिजनले सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो, अहिले सडक डिभिजनले काम गर्ने भनेर बजेट आएको छैन, प्रदेश सरकार मार्फ गर्ने भनेर १० लाख बजेट रातो किताबमा छ’ उनले भने,‘सडकसित बजेट नभएपछि निर्माण अघि बढाउन सकेनौ ।’

    सडक डिजिभन कार्यालयले बजेट व्यवस्थापन गरी सडक निर्माण अघि बढाउन सडक विभागमा फाइल तयार गरी पठाइएको सूचना अधिकारी सिग्देलले बताए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट