यस पटक उपकुलपतिका लागि प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएकाले खुला आवेदन माग गरिएकाे थियाे । जसमा जम्मा १० जनाले आवेदन दिएका थिए ।
यस अघि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि पन्त सहित तिन जनाको नाम सिफारिस भएको थियो ।
(मंगलबार) विश्वविद्यालयको उपकुलपति छनौट समितिले प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको थियो ।
सोही सिफारिस मध्येका पन्तलाई कुपलपति एवं प्रधानमन्त्री प्रचण्डले आज ( बिहीबार ) उपकुलपति नियुक्त गरेका हुन् । नव नियुक्त उपकुलपति प्रा.डा. पन्त ईन्जिनियरिङ क्षेत्रका हुन ।
प्रतिक्रिया दिनुहोस