काठमाडौं:
महेन्द्रनगर बिमानस्थलकाे बिस्तार कार्यका लागि आवश्यक बजेट माग गर्न र बाधा अवरोध हटाउनुपर्ने भन्दै
मझगाउ बिमानस्थल पुनः संचालन समित पदाधिकारी र कंचनपुरका नेताहरु काठमाडौंमा ।
निवर्तमान संघिय सांसद डा दिपक प्रकाश भट्ट , सुदुरपश्चिम प्रदेश सरकारका निवर्तमान राज्य मन्त्री मान बहादुर सुनार, दाेधाराचादनि नगरपालिकाका नगरप्रमुख किशाेर कुमार लिम्बू, बेदकाेट नगरपालिकाका निवर्तमान नगरप्रमुख अशाेक कुमार चन्द , कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जाेशि,मझगाउ बिमानस्थल पुनः संचालन समित सचिव एवम् ( हाम्राे शुक्लाफाँटा, राम्रो शुक्लाफाँटा ) अभियन्ता राजेन्द्र बहादुर चन्द, दाेधाराचादनि नगरपालिकाका २ र ३ नम्बर वडाका वडा अध्यक्ष सहितकाे टाेलि काठमाडौं पुगेर सम्बन्धित मन्त्रालय र मन्त्री संग भेटघाटमा रहनु भएको छ।
कंचनपुर निर्वाचन क्षेत्र ३ बाट निर्वाचित निवर्तमान संघिय सांसद डा दिपक प्रकाश भट्ट र बर्तमान सांसद एवम पुर्व मन्त्री माननीय रमेश लेखककाे निर्वाचन क्षेत्रमा पर्ने महेन्द्रनगर बिमानस्थल बि सफ२०२३-२४ सालतिर स्थापना भई बि स २०५६ सम्म संचालनमा रहेकाे थियाे। बि स २०५६ सालमा सुरक्षाको कारण देखाउदै उडान बन्द भएको बिमानस्थल पुनः संचालनका लागि कंचनपुर जिल्लामा रहेका सबै राजनितीक दल, सराेकारवाला संघसंस्थाकाे प्रतिवद्धता अनुसार तिनतहका सरकार स्थानिय सरकार ( भिमदत्तनगरपालिकाकाे १५% दाेधाराचादनि नगरपालिकाकाे १०% गरि २५% ) सुदुरपश्चिम प्रदेश सरकारकाे २५% र संघिय सरकारकाे ५०% सहलगानिमा बिस्तार भईरहेकाे बिमानस्थल हाे , महेन्द्रनगर मझगाउ बिमानस्थल।
तत्कालीन अवस्थामा संचालनमा रहेकाे बिमानस्थलकाे धावनमार्गकाे बिस्तार संगै थप नया प्रबिधि युक्त नया टर्मिनल भवनकाे निर्माणकार्यका लागि आवश्यक वजेट माग सहित बिमानस्थल बिस्तारका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र साे निकुञ्ज सुरक्षार्थ बसेकाे नेपाली सेनाले एयरपोर्टकाे बिस्तारका लागि रहेकाे क्षेत्र आफ्नाे हाे भन्दै निर्माणकार्य अवराेध गरेकाले बिमानस्थलकाे निर्माणकार्यमा देखिएकाे अवराेध हटाई निर्माणकार्य तत्कालै शुचारकाे लागि पहल गरिनुपर्ने माग सहित कंचनपुर बाट निर्वाचित सांसद वर्तमान / निवर्तमान सहित सम्बन्धित मन्त्रि र मन्त्रालय बिभागमा भेटघाट र छलफलमा ब्यस्त ।
२०८१”बैशाख ९ गते कंचनपुर पुग्नु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई समितका तरणफ बाट ज्ञापन पत्र बुझ्दै समस्याको सामाधानका लागि समितका पदाधिकारी र नेता लाई प्रधानमन्त्रीले काठमाडौं आउन भन्नू भएकोले अबकाे १/२ दिन भित्र प्रधानमन्त्री संग भेटेर समस्या सामाधानका लागि आग्रह गर्ने तयारिमा रहेको कुरा पुर्व राज्य मन्त्री मान बहादुर सुनारले बताउनु भएको छ।
प्रधानमन्त्रीले कंचनपुरमा ज्ञापनपत्र बुझ्दै महेन्द्रनगर बिमानस्थल बन्नुपर्छ र बनाउने कुरामा म प्रतिवद्ध छु भनेर भन्नू भएको थियाे।
प्रतिक्रिया दिनुहोस