महेन्द्रनगर:
खुला मञ्चमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा दुई टीमले फाइनल प्रवेश गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखी सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता –२०८१ मा कञ्चन क्लब र अरनिको युवा क्लब उपाधीका लागि भिड्ने भएका छन् ।
कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलका अनुसार ती दुबै टीमले बिहीबार सेमिफाइन जितेर फाइनलको यात्रा तय गरेका हुन् ।
उक्त खेलमा कञ्चनले १–० गोलको अन्तरले सेक्युर्ड लाई हराउदै फाइनलको यात्रा पक्का गरेको छ। भने दोस्रो सेमिफाइनल खेल समुह “बि“ को विजेता राम युवा क्लब र समुह “ए“ को उपविजेता अरनिको युवा क्लब बिच अपरान्ह ४ बजे भएको थियो।
उक्त खेलमा अरनिको युवा क्लबले पहिलो हाफमा १ गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा राम युवा क्लबले गोल गर्दै खेल १–१ को बराबरीमा सकिएको थियो। उक्त खेलको निर्णय ट्राईबेकर बाट लगिएको थियो । ट्राईबेकरमा २–२ गोलको बराबरी संगै सटनदेथ मा अरनिको युवा क्लबले जित निकाल्दै फाइनलको यात्रा तय गर्ने दोस्रो टिम बनेको हो ।
पहिलो टिम समूह “ए“ सेक्युर्ड नेपाल विजेता र अरनिको युवा क्लब ७ अंकका साथ समूह उपविजेता हुँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अर्को समुह “बि“ बाट राम युवा क्लबले १२ अंकका साथ शिर्ष स्थानमा कायम रहदै विजेता र कञ्चन समाज १० अंक जोड्दै समुह उपविजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल बैशाख १५ गते अरनिको युवा क्लब र कञ्चन समाज बीच प्रतिस्पर्धात्मक खेल हुने छ। प्रतियोगितामा च्याम्पियन हुने टिमले पुरस्कार दिने समेत घोषणा गरेको छ । जसमा विजेता हुने टिमलाई ५१ हजार १ सय ११, उपविजेता हुने टिमले २५ हजार ५ सय ५५ रुपैया र सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया हात पार्ने छ ।
प्रतिक्रिया दिनुहोस