काठमाडौँ:
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणको अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कतारका अमिरको आगामी वैशाख ११ गते हुने भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले लगानी सहजीकरणका लागि केही नेपाल ऐनसंशोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गरी विपद्बाट प्रभावित निजी आवासको मर्मत, जीर्णोद्धार र पुनःनिर्माणका लागि त्रिस्तरीय सहयोग गर्न लागिएको जानकारी दिनुभयो । बैठकले कर्मचारी परिवर्तन, मधुकुमार मरासिनीलाई अर्थसचिवमा सरुवा गर्ने, अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा स्थानान्तरण गर्ने लगायतका विषयमा छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस