महेन्द्रनगर:
भीमदत्त नगरपालिकाका दुई वडाले भारतीय राजदूतावासबाट एम्बुलेन्स सहयोग पाएका छन् । भीमदत्त नगरपालिका वडा नं. १६ र १३ ले आइतबार एम्बुलेन्स पाएका छन् ।
भारतीय राजदूतावासको नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुबै वडालाई संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । भीनपा १६ का वडा अध्यक्ष केशव सिह विष्ट र १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकासलाई आइतबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
भारतीय राजदूतावासले आइतबार नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत आइतबार कार्यक्रम गरी उपहार स्वरुप एम्बुलेन्स तथा स्कुल वस हस्तान्तरण गरेको छ ।
राजदूतावासले दुई सामुदायिक विद्यालयलाई स्कुल बस सहयोग गरेको छ । उल्टाखामस्थित सरस्वती मावि र बागफाँटाको लक्ष्मी माविलाई बस हस्तान्तरण गरिएको छ ।
काठमाडौमा गरिएको कार्यक्रममा अर्थमन्त्री बर्षमान पुन र भारतीय राजदूत नविन श्रीवास्त सहभागी कार्यक्रममा एम्बुलेन्स, स्कुल बस हस्तान्तरण गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस