धनगढीः
बझाङ प्रदेशसभाका लागि कुल १२ जनाको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार शनिबार उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो। बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो। बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ। जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन्।
बझाङ निर्वाचन क्षेत्र १ को ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहेका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
pic:annapurnapost
प्रतिक्रिया दिनुहोस