गण्डकी:
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन्।
आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न सकिने व्यवस्था छ।
एमालेका २२ सभामुखसहित , माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ मा राजीना दिएका थिय।
प्रतिक्रिया दिनुहोस