कञ्चनपुर:
कञ्चनपुरमा गहुँ थ्रेसिङको मुल्य तोकिएको छ, शुक्रवार महेन्द्रनगर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा बसेको कृषि समन्वय समितिको बैठकले गहुँ थ्रेसिङको मुल्य तोकेको हो ।
प्रतिघण्टा गहुँ थ्रेसिङ गरेको दुई हजार ५ सय पचास रुपैयाँ मुल्य तोकिएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बताए । गहुँ थ्रेसिङको अधिकतम मुल्य तोकिएको हो ।
कुनै पनि पालिका,प्रदेश वा अन्य कुनै निकायबाट अनुदानमा प्राप्त सवारी साधनले १० प्रतिशत छुटमा गहुँ थ्रेसिङ गर्नुपर्ने निर्णय भएको समन्वय समिति प्रमुख बोहराले बताए ।
तोकिएको दररेट अनुसार जिल्लाभित्र गुहँ थ्रेसिङ गर्ने कार्य गर्न गराउन हुन उनले आग्रह समेत गरे । बैठकमा जिल्ला समन्वय समिति प्रमुख सहित कृषि ज्ञान केन्द्रका प्रतिनिधि,जिल्लाभित्रका पालिकाका प्रमुख,उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस