२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नक्कली बिल र स्टिकरलाई कारवाही गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह




  • २०८० चैत्र १९, सोमबार मा प्रकाशित ७ महिना अघि
  • काठमाडौँ:
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजश्व चुहावट रोकेर अर्थतन्त्रलाई मजबुत बनाउन नक्कली बिल र नक्कली स्टिकरको समस्या समाधान गर्न सरकारी अधिकारीलाई आग्रह गर्नुभएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा अध्यक्ष दाहालले झुटा बिल र स्टिकर प्रयोग गर्नेजस्ता गैरकानुनी कार्यलाई कडाइ गर्नुपर्नेमा जोड दिए ।

    अध्यक्ष दाहालले भ्रष्टाचार र तस्करी नियन्त्रणका लागि परम्परागत प्रशासनिक विधि अपर्याप्त रहेको उल्लेख गर्दै त्यसका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले यी चुनौतीलाई प्रभावकारी रुपमा सामना गर्न नयाँ रणनीति र प्रविधि अपनाउन आग्रह गरे । दाहालले आन्तरिक बजारमा बिलिङ प्रणालीमा सुधार ल्याउन र कर प्रशासनप्रक्रियालाई आधुनिकीकरण गर्न पनि निर्देशन दिए ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुनलगायत वरिष्ठ अधिकारीको उपस्थितिमा भएको बैठकमा राजश्व चुहावट र अवैध क्रियाकलापलाई व्यापक रुपमा सम्बोधन गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट