त्रिशूलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएको छ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशूली नदीमा खसेको थियो।
मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिक-७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका-७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् ।
गोरखा नगरपालिका-७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस