महेन्द्रनगर:
एमाले कञ्चनपुरको नवौ अधिवेशनबाट निर्विरोध पदाधिकारीले सोमबार मध्यराति पद तथा गोपनियताको शपथ खाएका छन् । अध्यक्ष मण्डलले सर्वसम्मत गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्ष सहितले शपथ खाएका हुन् ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य मनोज खड्काले नव निर्वाचित अध्यक्ष लक्ष्मी बुढालाई र बुढाले अन्य पदाधिकारीलाई शपथ खुवाएकी हुन् ।
ुनवौ अधिवेशनबाट अध्यक्ष बुढा, उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट, उप सचिवमा राजीव खड्का र अशोक कुमार चन्द निर्विरोध भएका छन् । पदाधिकारीमध्ये सचिवमा भट्ट दोहोरिएका हुन् । उनी आठौं अधिवेशनमा सचिवमा निर्वाचित भएका थिए ।
पाँच पदाधिकारीमध्ये उप सचिव चन्द अध्यक्षका उम्मेदवार थिए । उप सचिवका उम्मेदवार नभएका चन्दलाई सहमतिलाई उप सचिव दिइएको हो । अन्य पदाधिकारी सबै सम्बन्धि पदमा उम्मेदवार थिए । चन्द आठौं अधिवेशनमा सचिवमा पराजित भएका थिए ।
अध्यक्षमा बुढा र चन्द उम्मेदवार थिए । उपाध्यक्षमा अवस्थी सहित विष्णु कँडेल, विष्णु अवस्थी र हिरा चन्दको उम्मेदवार थियो । सचिवमा भट्ट, कर्ण बहादुर चन्द र राधाकृष्ण जोशी उम्मेदवार थिए । उप सचिवमा खड्का सहित १० उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् ।
अध्यक्ष मण्डलले पदाधिकारीका सबै उम्मेदरवाको सहमति अनुसार उम्मेदवार फिर्ता लिएर सर्वसम्मत चयन गरेको हो । आइतबार राति धनगढी पुुगेर अध्यक्ष मण्डलले पदाधिकारीमा सहमति जुटाएको थियो ।
सोमबार राति अध्यक्ष ओली महेन्द्रनगर आएपछि अध्यक्ष मण्डलले मध्यरात होटेलमा कार्यक्रम गरी पदाधिकारी घोषणा गर्दै शपथ खुवाएको हो । शपथ ग्रहणमा अध्यक्ष ओलीले सबै पदाधिकारीलाई फूूलमाला लगाएर बधाई दिए । उनले एमाले कञ्चनपुर इन्चार्ज नारदमुनि रानालाई पनि फूलमाला लगाए ।
अध्यक्ष ओलीले शपथ ग्रहण कार्यक्रममा एमालेमा मिसन ८४ को मिसनमा केन्द्रित गर्न बलियो बनाउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस