२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सहमतिमा नेतृत्व चयन गरौँ : एमाले कञ्चनपुर अध्यक्षका उम्मेदवार चन्द




  • त्रिनेत्र पोष्ट
  • २०८० चैत्र ४, आईतबार मा प्रकाशित ८ महिना अघि
  • कञ्चनपुर:
    नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्षका उम्मेदवार अशोक कुमार चन्दले सहमतीमै नेतृत्व चयनका लागि पुन आब्हान गरेका छन ।
    एमाले जिल्ला अध्यक्षका उम्मेदवार चन्दले पहिल्यैदेखि उठाउँदै आएको सहमतीलाई फेरी दोहो¥याएका छन ।
    एमाले कञ्चनपुरको ९औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व पदाधिकारी सहित सदस्य चयनका लागि चुनाव प्रकृया अघि बढेपछि अध्यक्षका उम्मेदवार चन्दले आइतबार बिहानै समाजिक सञ्जाल मार्फत सहमतीमै नेतृत्व चयनका लागि आब्हान गरेका हुन । चन्दले समाजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेखेका छन ।
    नेकपा एमाले कंचनपुरको नवौं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएको छ। हिजो बिहान ११:३० बजे देखि राती ११:०० बजे सम्म ३ पटक पार्टी नेतृत्व र अध्यक्ष मण्डल सङ्ग जिल्ला नेतृत्व सर्वसम्मतीले चयन गर्नका लागि छलफल भएको थियो। पार्टीका कार्यकर्ता तथा प्रतिनिधिको भावना र पार्टी केन्द्रिय नेतृत्वको निर्देशन अनुसार पार्टीलाई एकताबद्ध पारी कार्यकर्ताको मन र मत बिभाजन नगरी मिशन ८४ सफल पार्न सर्वसम्मतीबाट जिल्ला नेतृत्व चयन गर्न अनिवार्य देखिएको सन्द्रभमा फेरि एक पटक सर्वसम्मतीका लागि अन्तिम पटक आज चैत्र ४ गते बिहान ८ बजे सबै पदाधिकारीका उम्मेदवार कमरेडहरु बिच पार्टी नेता कमरेडहरु र अध्यक्ष मण्डलका नेता कमरेडहरुले छलफल गराउने सहमती भएको छ।त्यसैले पार्टी नेतृत्व र कार्यकर्ताको भावना अनुसार सर्वसम्मतिले नेतृत्व चयन गर्न सबैले प्रयास र प्रयत्न गरौ। म सहमतिको बाधक छैन। हिजो पनि मैले उम्मेदवारी दर्ता पनि सबै भन्दा पछाडी अन्त्तिम समयमा गरेको थिए, सहमती हुन्छ कि भनेर पर्खेर बसेको थिए।सहमति हुन सकेन र उम्मेदवारी दर्ता गर्न बाध्य भएको हु। फेरि आज पनि सहमतिमा नेतृत्व निर्माण गर्न आफु जुनसुकै मुल्य चुकाउन पछि पर्ने छैन र आफु केहि नभएर पनि अध्यक्ष ,पदाधिकारी देखि सदस्य सम्म प्याकेज मै सहमतिमा नेतृत्व चयन गरौ भन्ने मान्यता राखेको छु। सहमति गर्नै सकेनौ भने प्रतिनिधि कमरेडहरुका बिचमा पेश हुने नै छौ भन्ने जानकारी गराउन चाहन्छुँ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट