कञ्चनपुर:
नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि प्रकृया शुरु भएको छ । सहमती हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रकृया शुरु भएको हो । बिहीबारदेखि महेन्द्रनगरमा शुरु भएको एमाले कञ्चनपुरको ९ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सहमती हुन नसकेपछि चुनावी प्रकृया अघि बढेको एमाले नेताहरुले बताएका छन ।
एमाले कञ्चनपुरको अध्यक्षका लागि अशोक कुमार चन्द र लक्ष्मी बुढा चुनावी मैदानमा होमिएका छन । एमाले निर्वाचन समितिका अध्यक्ष ले चन्द र बुढाको मात्रै उम्मेदवारी परेको जनाएको छ । भने, उपाध्यक्ष, सचिव एव उप सचिव सहित सदस्यहरुमा दर्जनौँ, सयौँले उम्मेदवारी दिएका छन ।
यस अघि अध्यक्षका लागि पाँच जना देखिएका थिए । हरि प्रशाद जोशी, हिरा चन्द, पल्लवराज भट्ट, अशोक चन्द र लक्ष्मी बुढा देखिएका थिए ।
अन्तत अन्य तीन जना जोशी, चन्द र भट्ट ब्याक भएसंगै अब चन्द र बुढाविच प्रतिस्पर्धा हुने भएको छ । बुढा पोलिटब्यूरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिट्ब्यूरो सदस्य वीर बहादुर थापा पातल निकट हुन । यस अघि ८ औँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिईन, भने चन्द सचिवमा पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस