महेन्द्रनगर:
एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर एमालेको नवौ अधिवेशन सर्वसम्मत बनाउन कञ्चनपुरका ६ केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् ।
संविधान चोकमा बिहीबार एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले ६ जनाले बाहिरकालाई सहभागी नगराई सर्वसम्मत बनाउनु पर्ने बताएका हुन् ।
‘यही हुनु पर्छ, मेरै भनेको हुनु पर्छ, मैले भनेकै हुनु पर्छ । मै नै हुनु पर्छ भन्ने हुँदैन, जनतालाई गर्न सक्ने हुनु पर्छ’ उनले भने,‘यहाँका ६ केन्द्रीय सदस्य छन्, वहाँहरु बसेर सर्वसम्मत बनाउनु पर्छ, त्यो बाहेक इन्चार्ज पनि छन् , बाहिरबाट बोलाएर हुँदैन ।’
उद्घाटन समारोहमा अध्यक्ष ओलीले पटक पटक सर्वसम्मत नेतृत्वमा जोड दिएका छन् । उनले सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धा गरी अधिवेशन सम्पन्न हुनु पर्ने बताए ।
‘सकेसम्म सर्वसम्मत बनाऔ, प्रयास गरौ, हुन सकेन भने स्वस्थ प्रतिस्पर्धामा जाऔ’ उनले भने,‘एक अर्काको विरुद्ध जाने, छिर्की हान्ने, पिट्ने लगायतका कार्य गर्न हुँदैन ।
प्रतिक्रिया दिनुहोस