२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सशस्त्रको नाम नलिदैं खस्यो अमरको आँशु




  • त्रिनेत्र पोष्ट
  • २०८० फागुन ३०, बुधबार मा प्रकाशित ८ महिना अघि
  • महेन्द्रनगर:

    ‘म त न्याय पाएन भने लास्टै स्टेजमा पुगि सकेको छु ।’

    मंगलबार दिउँसो पत्रकारहरुसित आफ्ना कुरा राख्न अघि डडेल्धुराको परशुराम नगरपालिका ९ कुयापानीका अमर सिह ठगुन्नाले माथिका यी शब्द भनेपछि आँखाबाट आँशु खस्यो । कागजले आँशु छापे । त्यसपछि अन्य कुरा राख्न थाले ।

    ‘फागुन १६ गते विहान गाडीको आवाज आयो, बाहिर आएर हेर्दा त घर घेरि सकेको रहेछ, त्यहाँ सशस्त्र प्रहरी आइ सकेको रहेछ’ उनले भने,‘त्यसपछि ब्यारेकमा लगियो साँझ ५ बजेदेखि विहान ४ बजेसम्म गालीगलौज गरियो, कुटपिट गरियो, मलाई त्यहाँ कुट्न १०÷१२ जनाले कुटपिट ग¥यो ।’

    सशस्त्र प्रहरीको परिगाउँ बोर्डर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक साउँद सहितले आफूलाई कुटपिट गरेको उनी बताउँछन् । चिनाजनका प्रहरी निरीक्षक साउँदसित कुटपिट नगर्न आग्रह गर्दा पनि उनीमाथि लगातार कुटपिट गरिएको थियो ।

    सशस्त्रको ब्यारेकमा कुटपिटपछि उनलाई गड्डौचौकी भन्सार कार्यालय पुगाएर छाडिएको हो । ग्ड्डाचौकी भन्सार कार्यालयका अनुसार ठगुन्नालाई पछाडि हात फर्काएर हत्केडी लगाइएको अवस्थामा भन्सारमा पेश गरिएको थियो । भन्सार पुगाएर छाडिएपछि ठगुन्नाले कैलाली गएर उपचार गरेका छन् ।

     

    ‘मलाई कतिसम्म कुटपिट गरियो भन्न सकिन अवस्था छैन, अति नै भए पनि मैले पनि खुट्टाले हानि दिए’ उनले भने,‘त्यति कुटपिट गरेर पनि अझै मलाई फोन गरी यो कुरा कतै भनिस भने ज्यानै लिई दिन्छु भन्ने धम्की दिइ रहेका छन् ।’

    सशस्त्र प्रहरीको ज्यान मार्ने धम्कीपछि उनी घर छाडेर हिँडेका छन् । उनले मंगलबार पत्रकारसित आफ्नो पीडा पोखेका हुन् ।

    परशुराममा अनिता खुद्रा पसल सञ्चालन गर्दै आएका ठगुन्नालाई दुई साता अघि सशस्त्र प्रहरीले भन्सार छलीको समान भएको आशंकामा उनको घरमा छापा हानेर पक्राउ गरेको हो । सशस्त्र घरबाट समान ओसारपसार गरिएको से १ ज ४१७ नम्बरको बलेरा जीप सहित नियन्त्रणमा लिएको उनको भनाई छ । उनले कमल बोहराबाट जीप भाडामा लिएर सञ्चालन गर्दै आएका हुन् ।

    महेन्द्रनगरको पुजा ट्रेडर्सबाट जीपमा लगिएको समानमा सशस्त्रले ५० किलो चिनी आफैंले राखेर समान नियन्त्रणमा लिएको उनको आरोप छ । ‘त्यसमा नेपाली समान थियो, पूजा ट्रेडर्सबाट किनिएको थियो, त्यसको बिल भपाई सबै छन्, म जहाँ देखाउनु परे पनि देखाउँछु’ उनले भने,‘त्यो चिनी गाडीमा थिएन, त्यही राखिएछ, त्यही बहाना बनाएर यस्तो गरियो ।’

     

    सशस्त्र प्रहरीले भने ठगुन्नाको समानलाई घरबाट नभएर बाटोमा नियन्त्रणमा दिएको जानकारी दिएको छ । ठगुन्नाको समान नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको बिओपीका इन्चार्ज भने विदा बसेका छन् ।

    गाडीमा आफ्नो अढाईदेखि तीन लाख रुपैँयाको समान भएको उनले बताए । उनले सशस्त्र प्रहरीले भने अनुसार रकम बुझाउन नसकेपछि कुटपिट गरेको हुन सक्ने आशंका उनले गरेका छन् । दुई महिनादेखि सशस्त्र प्रहरीलाई मासिक ६ हजार बुझाउँदै आएका उनलाई कुटपिट अघि १० हजार दिनु पर्ने प्रस्ताव आएको थियो ।

    सशस्त्र प्रहरीको गड्डाचौकी गुल्मलाई बुझाएपछि भन्सार कार्यालय बुझाइएको थियो । भन्सार कार्यालयका अनुसार २० हजार मूल्य बराबरको समान कार्यालयलाई बुझाइएको थियो ।

    गड्डाचौकी सशस्त्र प्रहरीको गुल्मलाई समान बुझाएपछि आफूसित डेढ लाख रुपैँया दिए छाडि दिने आश्वासन दिएको उनी बताउँछन् । गड्डाचौकी सशस्त्रको आश्वासन अनुसार अर्को दिन नहुने भन्दै फर्काएको उनले बताए । उनलाई गड्डाचौकीमा डिएसएपीको आदेशमा छाड्ने आश्वासन दिइएको थियो ।

     

    गड्डाचौकी भन्सारले बलेरो जीप बाहेक बरामद अन्य समान लिलाम गरेको भन्सार अधिकृत तेज बहादुर रावलले बताए । सशस्त्रले समान बुझाएपछि भन्सार कार्यालय लिलाम प्रक्रियामा गएको थियो ।

    गड्डाचौकी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले भन्सार कार्यालयमा गाडी र समान वेवारिशे भनेर आएको बताए । ‘हामी कहाँ मान्छे सहित भनेपछि वारेश सहित र मान्छे बाहेकको वेवारिशे भनेर आउँछन्, त्यसरी नै त्यो समान पनि आएको हो’ प्रमुख भन्सार अधिकृत काफ्लेले भने ।

    सशस्त्र प्रहरीको डडेल्धुराका प्रहरी उपरीक्षक डिएसपी बीरेन्द्र पालले ठगुन्नाले आफूलाई गाली गलौज र सशस्त्र प्रहरीमाथि कुटपिट गरेपछि नियन्त्रणमा लिइएको बताए । ‘मलाई गाली गलौल नै गरेको छ, केटाहरुमाथि कुटपिट गरिएको छ, त्यसको सबै प्रमाण हामीसित छन्’ उनले भने ।

    ठगुन्नासित कुराकानीपछि पत्रकारहरुले डिएसपी पाललाई घट्नाबारे सोधेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट