२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

भवनको गुणस्तर, मापदण्ड हेर्नका लागि मातै ७२ लाख मा कन्सलटेन्सी नियुक्त !




  • त्रिनेत्र पोष्ट
  • २०८० फागुन १६, बुधबार मा प्रकाशित ८ महिना अघि
  • कञ्चनपुर:

    बैद्य निकट अखिल क्रान्तिकारी र युवा संगठनले सुदूरपश्चिम विश्वविद्यालयमा निर्माण भईरहेका भवनको गुणस्तर, मापदण्ड हेर्नका लागि लाखौँ रकम खर्चिर कन्सलटेन्सी नियुक्त गरेपनि उक्त रकम फजुल खर्च भईरहेको भन्दै प्रशन गरेका छन ।

    बुधबार बैद्य निकट अखिल क्रान्तिकारी र युवा संगठनका नेताहरुले रजिष्ट्रार यज्ञराज पाठक सहितका कर्मचारी, कन्सलटेन्सीका पदाधिकारी समक्ष भवनको गुणस्तर, मापदण्ड हेर्नका लागि लाखौँ रकम खर्चिर कन्सलटेन्सी नियुक्त गरेपनि उक्त रकम फजुल खर्च भईरहेको भन्दै प्रशन गरेका हुन ।

    https://fb.watch/quWsjFijcI/

    क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशका संयोजक दिपेन्द्र सिह ऐरीले टीकापुरदेखि, महेन्द्रनगरसम्म विभिन्न विभागमा भवन निर्माण कार्य गुणस्तहिन हुँदा समेत तपाई कन्सलटेन्सीले के हेरेर बसेका छौँ ? गुणस्तर सुधार नगरे संगठनले आन्दोलन गर्ने उनको चेतावनी थियो ।

    अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक बिरेन्द्र नाथले अझैपनि विश्वविद्यालयमा भवन गुणस्तरहिन बनिरहेकाले कन्सलटेन्सीले देखे नदेखेजस्तो गरेको बताए । उनले लाखौँ रकम विश्वविद्यालयबाट लिएर गुणस्तर हेर्ने भएपनि वेवास्ता गरेको बताए । अखिल क्रान्तिकारी कञ्चनपुरका इन्चार्ज प्रकास भट्टले मापदण्ड अनुरुप गुणस्तरिय भवन निर्माण गर्न आग्रह गरेका छन ।

    मल्ल एन गुफ्र ईन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रतिनिधीले भवन निर्माणका हेर्नका लागि विदा भएको मौका निर्माण कम्पनीले रंग, मार्मल आफु अनुकुल राखेको बताए । मल्ल एन गुफ्र ईन्जिनियरिङ्ग कन्सल्टेन्सीले ७२लाख बजेटमा कन्सलटेन्सी नियुक्त गरेको छ । सुप विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विश्वविद्यालयबाट निर्माण भईरहेका भवन गुणस्तरिय बनाउनतर्फ सम्बन्धीत निकायलाई पत्राचार गर्ने गराउने प्रतिबद्धा जाहेर गरेका छन ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट