महेन्द्रनगर:
क्रान्तिकारीे युवा संगठन नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिकाका नगर प्रमुख (मेयर) र उप प्रमुख (उप मेयर) को यातायात खर्च विवरण माग गरेको छ । नगर प्रमुख पदम बोगटी र उप प्रमुख निलम लेखक जोशी भीमदत्त नगरपालिकामा निर्वाचित भएको मिति देखि हाल सम्म भएको यातायात खर्चको विवरण माग गरिएको छ ।
आइतवार भीमदत्त नगरपालिकाको सूचना अधिकारीलाई सम्बोधन गर्दै बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले नगर प्रमुख र उपप्रमुखको यातायात खर्च तत्काल उपलब्ध गराउनका लागि निवेदन गरेको छ । क्रान्तिकारी युवा संगठन कञ्चनपुरका जिल्ला संयोजक भुवन भट्टद्वारा हस्ताक्षरित निवेदनमा संविधान धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा १ बमोजिम संगठनलाई तत्काल खर्च विवरण उपलब्ध गराउन निवेदन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस