२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

दोधारा चाँदनीमा राप्रपाको बिशाल आमसभा सम्पन्न, राप्रपामा प्रबेश गर्नेको जनलहर बढ्यो




  • त्रिनेत्र पोष्ट
  • २०८० फागुन ७, सोमबार मा प्रकाशित ९ महिना अघि
  • दोधारा । दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बिशाल आमसभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपािलका– ७ बाबाथान बजारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो आमसभा भब्यताको साथ सम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीले जनाएको छ् । नेपाली काग्रेंस, नेकपा एमाले र नेकपा माओबादी केन्द्र परित्याग गरि नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रबेश गरेका छन् । आमसभामा झण्डै २ सय बढी बिभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रबेश गरेको राप्रपाका नेताहरुले बताएका छन् । नव प्रवेशिकालाई कार्यक्रमका प्रमुख अतिथी तथा पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही लगाएत नेताहरुले अबिर माला लगाएर स्वागत गरेका थिए । आमसभालाई राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाही लगाएत नेताहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै पार्टी प्रबक्ता ज्ञानेन्द्र शाहीले मुलुकको बिग्रदो अर्थतन्त्र, आम जनतामा बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरु माथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगाएतका जनजीविकाका मुद्दाहरुका साथै राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र पुन : स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाव सिर्जना गर्न बृहत आन्दोलनको स्वरुप देशभरी गरिएको बताएका छन् । विगत ३१ वर्ष देखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पन्न भएको भन्दै उनले भने, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोजेका छन् ।’ पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचार र महंगी बढेको भन्दै रोजगारी नहुदा युवा विदेशिएको बताए । उनले सरकारको कारण बन्द भएको कारखाना सञ्चालन गर्नुपर्ने र रोजगारी सिर्जना गरी उत्पादन बढाउनुपर्ने बताए । देशमा भएका कलकारखानाहरु बन्द गरि नेपाली काग्रेंस, एमाले र माओबादी दलहरुले युवाहरुलाई बेरोजगार गरेको प्रबक्ता शाहीले आरोप लगाउदै राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको उल्लेख गर्दै पूर्ण धार्मिक स्वतन्त्र सहितको धर्म सापेक्ष पहिचान सहितको हिन्दु राष्ट्र र एकताको प्रतिकको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पुन : स्थापना र प्रदेश खारेजी बाहेक अरु कुनै विकल्प नरहेको उनले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीका नगर अध्यक्ष बिर बहादुर शाहको सभापतित्वमा संचालन भएको आमसभाका प्रमुख अतिथी पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही रहेका थिए भने, प्रदेश कमिटि अध्यक्ष धर्मराज जोशी, पार्टी केन्द्रिय सह–प्रबक्ता पुर्ण बहादुर चन्द, पार्टी जिल्ला अध्यक्ष गजेन्द्र चन्द, दोधारा चाँदनी– १ का वडाध्यक्ष, बिक्रम चन्द, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री लगाएत पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । राप्रपाबाट टिकट पाएर वडाध्यक्षमा निर्वाचित भएकाहरुले दोधारा चाँदनी क्षेत्रमा आफ्नो पाउने सेवा सुबिद्याबाट सामाजिक कार्य गरेको भन्दै दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्द, वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीलाई सम्मान गरिएको राप्रपा दोधारा चाँदनीका नगर अध्यक्ष बिर बहादुर शाहले बताएका छन् । यस्तै पार्टीमा अहोरात्र खटेर संगठन बिस्तार तथा पार्टीको हितमा कार्य गरेको भन्दै एक दर्जन भन्दा पार्टीको नेता तथा कार्यकर्तालाई मरणोपरान्त सम्मान गरिएको छ् । कार्यक्रमलाई सभ्य भब्य बनाउन बिभिन्न भेषभुषा सहित किशोरीहरुले नृत्य प्रदर्शन समेत गरिएको राप्रपाले जनाएको छ् । लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजिविकाको सवालमा ती दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपा प्रति जनताको आशा, विश्वास र भरोसा ह्वात्तै बढेर गएको बक्ताहरुले बताएका छन् । मुलुकमा भ्रष्टाचार, बेथिति बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसका विरुद्ध दोधारा चाँदनी क्षेत्र लगाएत देशभरी आमसभा गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट