धनगढी:
मोडल भूपी उपाध्या सुप ईन्टरटेन्मेन्ट अर्वाड २०८० बाट सम्मानित भएका छन् । ‘मेरि रङ्गि सुवामा’ म्युजिक भिडिओबाट उनले सर्वोत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन् ।
सुप ईन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा ‘सुप ईन्टरटेन्मेन्ट अर्वाड’ को दोस्रो संस्करणमा मोडलले ‘बेस्ट मोडल’तर्फ अवार्ड हात पारेका हुन् ।
धनगढी उप-महानगरपालिका बाणिज्य संघको हल मा सुदूरपश्चिम प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको थियो ।
आतिथ्यतामा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी, धनगढीका पूर्व मेयर खेमराज पाण्डे लगायतको सहभागितामा विभिन्न बिधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड बितरण गरिएको छ।
सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली लोकसङ्गीत सँग आबद्ध अग्रज तथा अनुज गायक, गायिका, सर्जक, व्यवसायी तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो। २१ विद्यामा लोकदोहोरी तथा डेउडा क्षेत्रमा योग्दान पुर्याउँदै आएका श्रष्टाहरुलाई सम्मान गरिएको अध्यक्ष ठकुरीले बताएका छन । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी ले सर्वोत्कृष्ट मोडल अवार्ड भूपी उपाध्याय प्रदान गरेका थिय।
प्रतिक्रिया दिनुहोस