२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बैजनाथ माविका अध्यक्ष कलौनीद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण




  • त्रिनेत्र पोष्ट
  • २०८० माघ २४, बुधबार मा प्रकाशित ९ महिना अघि
  • महेन्द्रनगर:

    कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिका ४ मा रहेको श्रि बैजनाथ माध्यामिक विद्यालयका विपन्न दलित एकल बालबालिकालाई शैक्षिक सामग्रीहरु विद्यालय पोशाकहरु सहयोग गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अच्युत कलौनीले आफनो जन्मदिनको शुभ अवसरमा आफना विद्यालयमा अध्ययनरत रहेका ५९ जना विपन्न, एकल बालबालिकाहरुलाई शैक्षिक सामग्रीसहित विद्यालय पोशाकहरु सहयोग गरेका हुन् । बुधवार विद्यालयको प्राङगणमा एक कार्यक्रमको अयोजना गर्दे उनले आफनो जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा विपन्न दलित गरिव बालबालिकाहरुलाई सहयोग गरेको बताए । साथै उनले होटलमा गएर फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा विपन्न बालबालिकाहरुलाई आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई सहयोग गर्नुपर्ने बताए ।

    उनले आफुले सुरुवातको रुपमा यो कार्य गरेको बताउँदै यसै विद्यालयमा रहेका अन्य शिक्षक शिक्षिकाहरुले पनि आफनो जन्मदिनमा केही न केही सहयोग गरेको खण्डमा विपन्न विद्यार्थीहरुलाई केही सहज हुने र विद्यालयमा आएर शिक्षा लिन पनि सहयोग मिल्ने बताए । आफनै विद्यालयमा कतिपय विद्यार्थीहरुसंग शैक्षिक सामग्री हुँदैन विद्यालयमा आउनका लागी पोशाक हुँदैन त्यो अवस्थामा हामी सबैले आआफनो क्षेत्रबाट सक्ने सहयोग गर्ने हो भने विपन्न विद्यार्थीहरुले शिक्षाबाट बञ्चीत हुन नपर्ने बताए ।

    मानव जिवन जब अन्त्य हुँदा आफु संग केही पनि लगेर जाँदैन त्यही भएर पाप पुण्य सबै यही धर्तीमा रहेको भएर सबैले दिन दुखी अपाङग, गरिव दलित आर्थिक रुपमा समस्यामा रहेकाहरुलाई सहयोग गरियो भने मानव जात भएको अर्थ रहने बताए । गरिब र धनीले एकै बेञ्चमा बसेर पढन सक्ने वातावरणको निर्माण गर्नुपर्ने अध्यक्ष कलौनीको भनाई रहेको छ । कक्षा ३ मा अध्ययनरत छात्र देव महराले अध्यक्ष कलौनीले आफनो जन्मदिनमा शैक्षिक सामग्री सहयोग गरेकोमा आफुलाई खुसी लागेको बताए । आफनो जन्मदिनमा उनले कापी, कलम, पेन्सिल, र न्यानो लुगा विद्यालय पोषाक सहयोग गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट