दोधारा:
दोधारा चाँदनी नगरपालिकामा उपमेयर आवास कार्यक्रम अन्तर्गत घरहरु निमार्ण हुन थालेका छन् । चालु आर्थिक वर्षमा दोधारा चादनी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई उपमेयर आवास कार्यक्रम अन्तर्गत १० वटा घर निमार्ण हुन थालेको दोधारा चादनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले जनाएका छन् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाहरुलाई घर निमार्ण गर्न यस चालु आर्थिक वर्ष दोधारा चादनी नगरपालिका कार्यालयको उपमेयर आवास कार्यक्रम अन्तर्गत रु. २२ लाख रकम बिनियोजन गरेको हो । दोधारा चाादनी नगपालिकाका सबै वडालाई समेट्ने गरि आवासहरु निमार्ण कार्य अघि बढाईएको दोधारा चादनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले बताएका छन् । ‘आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाका घरपरिवारलाई छनौट गरि कार्यक्रम अघि बढाएका हौं’ दोधारा चादनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले भने । गरिब तथा विपन्नलाई घर दिने उद्देश्यले थालिएको उपमेयर आवास कार्यक्रम संचालन गरिएको बताईएको छ् । दोधारा चादनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको नितान्तै आफ्नै पहलमा उपमेयर आवास योजना संचालन गरिएको बताईएको छ् । ९ वटा नया निमार्ण र १ वटा घर मर्मत गरिने कार्यक्रम रहेको बताईएको छ् । शनिवार एक कार्यक्रमको बिच उपमेयर आवास कार्यक्रम अन्तर्गत घर निमार्ण कार्य सुभारम्भ गरिएको छ् । दोधारा चादनी नगरपालिका ८ सुन्दरनगरमा हस्तकला रानाको घर निमार्णको सुभारम्भ गरि उपमेयर आवास योजनालाई अघि बढाईएको हो । दोधारा चादनीका उपमेयर गंगा देबी जोशीले सुन्दरनगरको हस्तकला राना घरको समउद्धघाटन गरेका छन् । उद्धघाटन कार्यक्रममा दोधारा चादनीका उपमेयर गंगा देबी जोशी, बयोबृद्ध सामाजसेवी हरिशंकर रोकाया, नेपाली काग्रेंसका युवा नेता जय बहादुर खड्का लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । ‘हाम्रो आर्थिक अवस्था कमजोर थियो, राम्रो घर नहुदा बर्षायाम धेरै समस्या भोग्दै आएका थियौं,’ हस्तकला रानाले भने । ‘राम्रो घर बनाउने रहर त थियो । तर आर्थिक अवस्थाको कारण घर बनाउन सकिएको थिएन् । अहिले दोधारा चादनी नगरपालिका उपमेयर आवास कार्यक्रम अन्तर्गत सहयोग पाउदा त्यो पुरा हुने भयो ।’ हस्तकला रानाले भने । उपमेयर आवास कार्यक्रम अन्तर्गत गरिबको घर बनाईदिने भएपछि स्थानिय नागरिकहरु निकै खुसी छन् । ‘राम्रो घर बनाउन हामी सकिरहेको थिएनौं । घर निमार्ण हुन थालेपछि घरमा खुशी छाएको छ्’ हस्तकला रानाले बताए । उनले गंगा देबी जोशी र दोधारा चादनी नगरपालिका कार्यालयलाई बिशेष धन्यबाद दिएका छन् । कार्यक्रम अनुसार २ पक्की कोठा सहित कर्कट पातका घर निमार्ण गरिने योजना रहेको छ् । चालु आर्थिक वर्षको चैत्र मसान्त भित्रै उपमेयर आवास कार्यक्रम सम्पन्न गरिने लक्ष्य रहेको बताईएको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी लिए संगै जनतालाई घरघरमै सिंहदरबार आएको अनुभूति हुन थालेको भन्दै स्थानियहरुले उपमेयर आवास कार्यक्रमलाई निरन्तरता दिन माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस