२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

शस्त्र प्रहरीको भौतिक निमार्ण कार्यमा उपमेयर जोशीको कार्यक्रमबाट सहयोग




  • त्रिनेत्र पोष्ट
  • २०८० माघ १८, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • दोधारा:

    कञ्चनभोजको शान्ती सुरक्षा कायम राख्न दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीको योजना अनुसार सशस्त्र प्रहरीलाई भान्सा निमार्ण कार्यमा सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको सशस्त्र प्रहरी बिओपी कञ्चनभोजको भान्सा निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले झण्डै रु. २४ हजार बराबरको निमार्ण सामग्री खरिद गरि हस्तान्तरण गरेका छन् । सशस्त्र प्रहरीको भान्सा निमार्णको लागी आवश्यक सामग्री सिमेन्ट खम्वा, सिमेन्ट, जस्तापाता लगाएत निमार्ण कार्यमा लाग्ने सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका उपमेयरको सचिवालयले जनाएको छ् । बिगत लामो समय देखि सशस्त्र प्रहरीलाई भान्सा कोठाको समस्या सताउदै आएको थियो । नेपाल–भारत सिमा क्षेत्र नजिक रहेको सशस्त्र प्रहरी बिओपी कञ्चनभोजलाई सुरक्षाशक्तीलाई मजबुद गराउने उद्धेश्यले चालु आर्थिक वर्षमा बिनियोजन गरिएको कार्यक्रम अनुसार अनुसार भान्सा निमार्ण कार्यका सहयोग गरिएको उपमेयरको सचिवालयलले जनाएको छ् । यस अघि पनि दोधारा चाँदनीका उपमेयर जोशीको कार्यक्रमबाट सशस्त्र प्रहरीलाई सहयोग गरिदै आएको छ् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट